अल्फाबिटामा ‘इन्टरनेसनल एड्मिसन डे’ आयोजना, परामर्श लिने विद्यार्थीको घुईंचो

अल्फाबिटामा ‘इन्टरनेसनल एड्मिसन डे’ आयोजना, परामर्श लिने विद्यार्थीको घुईंचो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बानेश्वरमा अवस्थित शैक्षिक परामर्श संस्था अल्फाबिटाले शुक्रबार ‘इन्टरनेसनल एड्मिसन डे’ आयोजना गरेको छ ।

समय समयमा विद्यार्थीहरुलाई लोकल एजुकेसन, इन्टरनेसनल एजुकेसनको परामर्श दिनेलगायत शैक्षिक क्रियाकलापहरु संचालन गर्दै आएको अल्फाबिटाले योपटक ‘इन्टरनेशनल एडमिसन डे’ आयोजना गरेको हो । फेयरमा पछिल्लो समय नेपाली विद्यार्थीहरुको मुख्य गन्तव्य बनेको युएसए, युके, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्डका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श दिइएको छ ।

अल्फाबिटा भवनको तेस्रो तथा चौथो तलामा सञ्चालन भएको उक्त फेयरमा प्रमुख अतिथिका रुपमा गेट कलेजका सिइओ खेम लकाई उपस्थित रहेका थिए । फेयरमा विद्यार्थीहरुको इनोभेसन, छात्रवृति, डकुमेन्टेसन र यसको समयसिमाहरुबारे सम्पूर्ण जानकारी गराइएको छ । साथै विदेशमा काम गरिसकेका एक्सपर्टहरुबाट फ्रि–सेसनहरु सञ्चालन भएको थियो । फेयरमा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरू सीधै विश्वविद्यालयका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न अवसर पाएको अल्फाबिटाको विश्वास छ ।

अल्फाबिटाका स्टडी एव्रोड हेड रुपेन्द्र गिरीका अनुसार फेयरमा उपस्थित विद्यार्थीहरुले २० प्रतिशतदेखि ९० प्रतिशतसम्म विभिन्न देशहरुमा स्कलरसिप पाउन सक्छन् । यस्तै फेयरमा प्लस टु पास गरेका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने पनि उनले बताए ।

फेयरमा संलग्न विद्यार्थीहरुले टोफेल, आइईएलएटीएस, पीटीईका बारेमा पनि सम्पूर्ण जानकारी लिन सक्छन् । फेयरमा संलग्न विद्यार्थीहरुका लागि लक्की ड्र, फ्रि–पीटीई र फ्रि–आइईएलएटीएसको भौचरहरु पनि बाँडिएको छ । यस्तै, मेलामा सहभागी विद्यार्थीहरुले आफूहरुले जुन उद्देश्यका साथ सहभागिता जनाएको सो लक्ष्य प्राप्ती भएको बताएका छन् ।

Logo