किन विदेश अध्ययनका लागि उचित गन्तव्य बन्दैछ वेद ?

किन विदेश अध्ययनका लागि उचित गन्तव्य बन्दैछ वेद ?

केन्द्रबिन्दु
266
Shares

पछिल्लो समय नेपालबाट उच्च शिक्षा हासिल गर्नका लागि विदेश जाने विद्यार्थीको संख्याको लाम लागेको छ । विभिन्न एजुकेसन कन्सल्टेन्सीबाट परामर्श लिएर विद्यार्थीहरु विदेशमा अध्ययनका लागि जान्छन् । त्यहीँमध्ये अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्नका लागि एक शेतु बनेको छ, वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीे । शैक्षिक सफलताको उडान भर्न सफल वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीेले वैदेशिक शिक्षाका लागि विद्यार्थीहरुलाई एक दशक बढी समयबाट प्रभावकारी शैक्षिक परामर्श दिँदै आएको छ ।

वेद एक नाम मात्रको शैक्षिक परामर्श केन्द्र नभएर विभिन्न माध्यमबाट विदेशमा विद्यार्थीलाई अध्ययन गराउन सहजीकरण गर्ने एक भरपर्दो शैक्षिक परामर्श केन्द्र पनि बनेको छ ।

शैक्षिक क्षेत्रमा समर्पित युवा समूहको पहलमा सन् २०१० मा स्थापना भएदेखि नै उपयुक्त शैक्षिक परामर्श र उचित मार्ग निर्देशका कारण सबैको मन जित्दै वेदले अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा, न्युजिल्याण्ड लगायत देशका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनका लागि विद्यार्थीलाई पठाउँदै आएको छ । वेद एक नाम मात्रको शैक्षिक परामर्श केन्द्र नभएर विभिन्न माध्यमबाट विदेशमा विद्यार्थीलाई अध्ययन गराउन सहजीकरण गर्ने एक भरपर्दो शैक्षिक परामर्श केन्द्र पनि बनेको छ । बोले अनुसारकै कार्यान्वयन गर्ने यसको विशेषता हो । वेद क्युइएसी सर्टिफाइड, टिआइटी मान्यता प्राप्त कन्सल्टेन्सी पनि हो ।

भौतिक पूर्वाधारले समेत सुविधायुक्त रहेको वेदले विद्यार्थीमैत्री वातावरणमा शैक्षिक परामर्श दिँदै आएको छ । त्यसो त परामर्श दिने परामर्शदाता समेत अनुभवी र सहयोगी भएकाले वेदमा विद्यार्थीहरु विदेश अध्ययनका लागि गन्तव्य बनाउँदै आएका छन् । वेदले आईईएलटीएस, पिटिई र टोफेल तयारी कक्षा संचालनसमेत गरेर विदेशी विश्वविद्यालय प्रवेशाज्ञाका लागि समेत सम्पूर्ण तयारी गराउँदै आएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्की बताउँछन् ।

परामर्शदाता अनुभवी र सहयोगी भएकाले वेदमा विद्यार्थीहरु विदेश अध्ययनका लागि गन्तव्य बनाउँदै आएका छन् ।

‘हाम्रा काउन्सिलरहरु क्यूईएसी ट्रेनिङ प्राप्त हुनुहन्छ । लाइसेन्स होल्डर पनि हुनुहुन्छ । यो चाहीँ विशेषगरी अष्ट्रेलिया अध्ययनसम्बन्धी काउन्सिलिङ सर्टिफिकेसन हो । हामीसँग टिआइटिआई तालिम प्राप्त काउन्सिलर पनि हुनुहुन्छ ।’ उनी भन्छन्, ‘हाम्रो मुख्य फोकस विद्यार्थीलाई इच्छा, दक्ष अनुसारको राम्रो युनिभर्सीटी वा कलेजमा एड्मिसन गराउँछौँ । त्यो बाहेक विद्यार्थीलाई अन्य आवश्यक पर्ने एक्जुलरी सर्भिसहरु जस्तैः उदाहरणका लागि हामी यहाँ टेस्ट प्रिपिरेसनको आईईएलटीएस, पिटिईको र टाेफेल्सको क्लासहरु पनि दिँदै आएका छौं । साथै टेस्ट प्रिपिरेसनको डेट बुकिङको लागि पनि हामी सहयोग गर्छौँ । उता गएपछि हाेस्टेल र अन्य आवासीय सुविधा खाेज्न पनि सहयोग गर्छौँ । यस्तै, अन्य एक्जुलरी सर्भिसहरु उपलब्ध गराउँछाैं ।’

विश्वसनीयता पनि उत्तिकै । अष्ट्रेलियामा यहाँबाट अप्लाई गर्नेमध्ये ८० प्रतिशत भिसा प्राप्त गर्न सफल यो कन्सल्टेन्सीले नवप्रवेशी विद्यार्थीका लागि कुनै पनि समस्या आएमा सहजीकरणसमेत गरिदिने गरेको छ । अष्ट्रेलिया मात्र नभएर युकेमा यहाँबाट अप्लाई गर्नेमध्ये ९० प्रतिशत विद्यार्थीले भिसा प्राप्त गरेका छन् । त्यस्तै, अहिलेकाे अवस्थामा यहाँबाट अमेरिका अध्ययन गर्न अप्लाई गर्नेमध्ये ७० प्रतिशत बढी विद्यार्थीले अमेरिकाकाे भिसा प्राप्त गर्न सफल भएका छन् ।

Logo