हल्ट प्राइज काठमाडौं विश्वविद्यालयकाे ‘इम्प्याक्ट अपः स्टार्टअप र एस.एम.ई मीट’ सम्पन्न

हल्ट प्राइज काठमाडौं विश्वविद्यालयकाे ‘इम्प्याक्ट अपः स्टार्टअप र एस.एम.ई मीट’ सम्पन्न

केन्द्रबिन्दु
28
Shares

काभ्रे । हल्ट प्राइज काठमाडौं विश्वविद्यालयले एनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेससँग इन्क्युबेशन सेन्टर (केयु बि.इ.सि)को सहकार्यमा जनवरी २५, २०२४ एनटीआईसीमा ‘इम्प्याक्ट अप: स्टार्टअप र एसएमई मीट’ सफलतापूर्वक आयोजना गरिएको छ ।

डेपुटी क्याम्पस निर्देशक प्रारब्द सिंह महतको नेतृत्वमा भएको यो कार्यक्रम विद्यार्थी र उद्यमीहरूका लागि एक केन्द्रबिन्दुको रूपमा उभिएको छ । आयोजक समितिमा काठमाडौं विश्वविद्यालयका कुसोम, कुसोइ, कुसोल र एनसिएमका विद्यार्थीहरू समाबेश थिए। मुख्य प्रायोजक कनाडियन स्टडी सेन्टर र प्रायोजक महिन्द्रा नेपालको समर्थनमा सम्भव भएको उक्त कार्यक्रममा कुल २१ स्टार्टअप र एसएमईहरू साथै काठमाडौं विश्वविद्यालयका छात्रहरू पनि सहभागी थिए। ।

आधिकारिक रुप कार्यक्रमलाई मुख्य अतिथि एफएनसीसी काभ्रे वाणिज्य संघका उपाध्यक्ष कैलास पालंचोकीले शुरू गरेका थिए । उनले आफ्नो वक्तव्य विश्वका अन्य भागले स्टार्टअपका लागि आइडिया मुख्य मान्ने गरे पनि नेपाली मानसिकताले लगानीलाई प्राथमिकता दिएको उल्लेख गरे।उनले नेपाली स्टार्टअपलाई विश्वको प्रवृत्ति सँगसँगै लैजानुपर्ने पनि बताए।

हल्ट प्राइज काठमाडौं विश्वविद्यालयका शिक्षक सल्लाहकर रमेश घिमिरेले आफ्नो आरम्भ भनाइमा केयूको उद्यमशीलताको लागि अटल प्रतिबद्धता रही केयू इन्क्युबेशन र अनुदानह जस्ता पहलहरूमा प्रकाश परे ।

त्यस्तै, डेपुटी क्याम्पस निर्देशक प्रारब्द सिंह महतले आफ्नो स्वागत टिप्पणीमा स्टार्टअपकाहरु एकआपशमा प्रतिस्पर्धा मात्र होइन सहकार्य गर्न पनि आवश्यक रहेको बताए।

राउन्ड टेबल चर्चामा स्टार्टअप, उद्यमी, र विद्यार्थिनीहरू ५-५ को समूहमा विभाजित थिए । छलफलको विषय भने “सबै जना उद्यमी बन्न सक्दैनन्” थियो जहाँ उद्यमीका सफलता र समस्या उपार्जन बारेमा छलफल गरियो।कार्यक्रममा व्यापक छानबिन साथमा स्टार्टअपहरूले आफ्नो बिचार र यात्रा साझा गरेका थिए।

राउन्ड टेबल छलफल पछि प्यानल चर्चा गरिएको थियो जसमा पुष्पा भट्टराई र अनुष्का भट्टराई प्यानल सदस्य थिए । प्यानलमा स्टार्टअप इको सिस्टम, हालको अर्थतन्त्र र संकट प्रबन्धन, बित्तीय र प्रबन्धन, सरकारका नीति र स्टार्टअप कोष, स्टार्टअप ठगी र बजार संरचनाजस्ता विषयमा छलफल गरिएको थियो।

खुला माइक छलफलमा उद्यमीहरू र एसएमईहरूले आफ्नो आविष्कार, प्रश्न, र आपसी अनुभवहरू साझा गर्दै विशेषज्ञबाट सल्लाह पनि प्राप्त गरेका थिए । उक्त छलफलमा स्टार्टअप र उद्यमीले एकअर्कालाई प्रतिक्रिया पनि प्रदान गरेका थिए।

इम्प्याक्ट अप: स्टार्टअप र एसएमईहरू मिट कार्यक्रमले स्थानीय र राष्ट्रिय स्तरमा उद्यमीहरू र स्टार्टअपहरू लागि एक अद्वितीय प्लेटफर्म प्रदान गरेको छ । यो समारोहले हाम्रो तात्कालिक समस्याहरूलाई हल गर्न र नयाँ उद्यम आधारित अर्थतन्त्र बढाउनको लागि आवश्यक चर्चाहरूमा सबलाई एक साथ जोडेका छ । यस कार्यक्रमले उद्यमी र स्टार्टअपहरूलाई समर्थन, उत्साह र नयाँ अवसर प्रदान गरेको बताइएकाे छ ।

Logo