सेन्ट लरेन्स स्कुलमा खेलकुद सप्ताह सुरु

सेन्ट लरेन्स स्कुलमा खेलकुद सप्ताह सुरु

केन्द्रबिन्दु
308
Shares

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स स्कुलमा खेलकुद सप्ताह सुरु भएकाे छ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले एक कार्यक्रमबीच खेलकुद सप्ताहकाे उद्घाटन गरेका हुन् ।

खेलकुद सप्ताहमा कबड्डी, बुद्धिचाल, भलिबल, ब्याडमिन्टन, फुटबल, मार्सल आर्ट्स, बास्केटबललगायत खेलको प्रतिस्पर्धा हुनेछ ।

साे अवसरमा स्कुलका प्रिन्सिपल पुरुषोत्तम महर्जनले विद्यालयले राष्ट्र निर्माणमा दक्ष र सबल नागरिक उत्पादन गर्न विषयगत शिक्षा मात्र नभइ अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिँदै आएकोले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सप्ताह आयोजना गरेको बताए ।

उद्घाटन कार्यक्रममा पूर्व फुटबलर संजित सिंह, नवजागरुक युवा क्लब, गौरीघाटका अध्यक्ष अमृतजंग थापा, सेन्ट लरेन्स स्कुल/कलेजका अध्यक्ष केशवप्रसाद ढंगाल, भाइस प्रिन्सिपल उज्ज्वल सिंह, इसीए इन्चार्ज सुरज थापालगायतको उपस्थिति रहेको थियो ।

Logo