पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।

समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ ।

योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

Logo