‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८०’ आयोजना, विद्यार्थीहरुलाई आइडिया प्रस्फुटन गर्ने अवसर

‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८०’ आयोजना, विद्यार्थीहरुलाई आइडिया प्रस्फुटन गर्ने अवसर

केन्द्रबिन्दु
2.3k
Shares

काठमाडाैँ। काठमाडौँको चावहिलमा रहेकाे सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८०’ आयोजना भएको छ। बिहीबार एक समाराेहकाबीच उक्त एक्स्पो आयोजना भएकाे हाे।

कार्यक्रममा शिक्षक, विद्यार्थी र उनीहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका प्राेजेक्टहरू प्रदर्शन गरेका छन्। विभिन्न २५ स्कुलहरूकाे सहभागिता रहेकाे याे कार्यक्रममा विद्यार्थीहरूले एक-अर्काकाे प्राेजेक्टहरू राम्राेसँग नियाल्ने अवसर पाएका थिए । सबै विद्यार्थीहरूकाे फरक फरक किसिमकाे प्राेजेक्टहरू हेर्न र आइडियाहरू साटासाट हुनु नै याे कार्यक्रमकाे विशेष पाटाे हाे। साथै यस कार्यक्रममा उत्कृष्ट विद्यार्थीले पुरस्कारसमेत पाउने कलेजले जनाएकाे छ।

कार्यक्रम भाेलिसम्म चल्ने सेन्ट लरेन्सका प्रिन्सिपल पुरूषोत्तम महर्जनले जानकारी दिएका छन्। कार्यक्रममा बाेल्दै उनले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि विद्यार्थीहरूमा रहेको सिप क्षमता तथा दक्षतालाई प्रवद्धन गर्न एक्स्पो आयोजना गरिएको बताए ।

यस्तै, कलेजका अध्यक्ष केशव प्रसाद दंगालले यस कार्यक्रमकाे प्रमुख उदेश्य विद्यार्थीहरूभित्र लुकेका आइडियाहरूलाई सम्पूर्ण विद्यार्थीहरूकाे बीचमा प्रस्फुटन गर्नु रहेकाे बताए । उनले अनुसन्धानकाे पाटाेमा आफूलाई अगाडि बढाउने र स्किल्स् जेनेरेट गर्ने मुख्य उदेश्यले याे कार्यक्रम आयाेजना गरेकाे बताए । उनले भने, ‘पछि आउने पुस्ताहरूलाई इनाेभेटिक ओएमा लाने उदेश्य रहेकाे छ, साथै विगतका वर्षहरूकाे जसरी नै सेन्ट लरेन्स कलेजले यस वर्ष पनि याे कार्यक्रम आयाेजना गरेकाे हाे।’

यसैबीच कार्यक्रमका प्रमुख अतिथिकाे रुपमा उपस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का सचिव डा. रविन्द्रप्रसाद ढकालले आफूहरुले विद्यार्थीहरूलाई पढाउने नभएर पढ्ने विद्यार्थीलाई सहयाेग गर्ने बताएका छन्। उनले पढ्न र अनुसन्धान गर्नेलाई झनै सहयाेग गर्ने बताए । उनले विद्यार्थीहरूका माझमा विज्ञान र प्रविधिलाई प्रवर्द्दन गर्ने, विकास गर्ने, आवश्यकता अनुसार सहयाेगी भूमिका खेल्ने र आउने दिनमा विज्ञान र प्रविधिकाे प्रयाेग गरेर नै राष्ट्र निर्माण गर्ने बताए।

कार्यक्रममा बाेल्दै उनले भने, ‘विद्यार्थीहरूले गरेका कामहरू, निर्माण गरेका आइडियाहरू कतै पुगेनन् कि भने हामीले थपेर समाजसँग जाेड्ने हाे । विज्ञान प्रविधिभित्र हामी आफैंले अनुसन्धान गर्छाैँ, अनुसन्धान गर्नेहरूलाई सहयाेग गर्छाैँ, समुदायलाई चाहिएकाे विज्ञान हामी दिन्छाैँ र समुदायले पालिराखेकाे भ्रमपूर्ण विज्ञानलाई चिर्ने काम गर्छाैँ।’

साइन्स एण्ड आइटी एक्स्पो कार्यक्रमले आफूहरुको आइडियाहरूलाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेकोमा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा धेरै नयाँ कुरा देख्न र आइडियाहरू सेयर गर्न पाइएको उनीहरुको भनाई छ ।

Logo