पारस खड्काद्वारा केएमसी कलेज बागबजारमा क्रिकेट अभ्यास नेटको उद्घाटन

पारस खड्काद्वारा केएमसी कलेज बागबजारमा क्रिकेट अभ्यास नेटको उद्घाटन

केन्द्रबिन्दु
42
Shares

बागबजारमा रहेको काठमाडौं मोडेल कलेजले आफ्ना विद्यार्थीहरूलाई क्रिकेट खेलको अभ्यास गर्नका लागि विद्यालय हाताभित्र निर्माण गरेको अभ्यास नेटको उद्घाटन गरेको छ।

उक्त कार्यक्रम नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कलेजका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खड्कासँग कलेजका विद्यार्थीहरुले नेपाली क्रिकेटको सम्भावना र भविष्यका बारेमा विभिन्न प्रश्नसमेत गरेका थिए ।

चार हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत केएमसी कलेजका विद्यार्थीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले नेपाली क्रिकेटको विकासका लागि यस्ता कलेज र यस तहका विद्यार्थीहरुको केन्द्रीय भूमिका रहने बताए ।

उनले यसै कुरालाई ध्यानमा राखेर क्यानले आगामी दिनमा विद्यालय र कलेज स्तरीय राष्ट्रिय क्रिकेट टुर्नामेन्टको आयोजना गर्न लागेको पनि जानकारी दिए ।

यसैक्रममा उनले केएमसीजस्ता ठुला कलेजहरुले आफ्ना विद्यार्थीहरुका लागि क्रिकेट एकेडेमी सञ्चालन गरेर राष्ट्रिय स्तरका प्रतिभा उत्पादन गर्नतर्फ लाग्नुपर्ने कुरामा जोड दिए ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु आफ्ना साथमा नेपाली क्रिकेटको गर्विलो इतिहास निर्माण गर्न सफल भएका पूर्व कप्तानलाई पाएर उत्साही देखिन्थे । केएमसी कलेजका निर्देशक मुक्तिराम अर्याल, मोर्डन इन्स्चिच्युट अफ् टेक्नोलोज कलेजका प्रिन्सिपल आर के दाहाल, कलेजको विभिन्न संकायका संयोजकहरु, शिक्षक–शिक्षिका तथा कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

Logo