केएमसी बालकुमारीमा मनाइयाे ‘केएमसी फन फेस्ट २०२४’

केएमसी बालकुमारीमा मनाइयाे ‘केएमसी फन फेस्ट २०२४’

केन्द्रबिन्दु
70
Shares

ललितपुर । ललितपुरको बालकुमारीमा रहेको काठमाडाैं माेडेल कलेज (केएमसी)मा ‘केएमसी फन फेस्ट -२०२४’ भव्य रुपमा मनाइएको छ । शनिबार केएमसी बागबजारको केएमसी विद्यार्थी समितिकाे आयाेजनामा बालकुमारीमा केएमसी फन फेस्ट मनाइएको हाे ।

यो कार्यक्रम केएमसी बागबजार र केएमसी बालकुमारीले हरेक वर्ष मनाउँदै आइरहेको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीहरु र विद्यार्थीका अभिभावकहरुकाे सहभागिता रहेको थियो । कार्यक्रममा गायिका रचना रिमालले आफ्नो मनमोहक स्वरमा एकल प्रस्तुति दिएकी थिइन् । साथै कलाकार सौगात मल्ल, नाजिर हुसेन र मलिका महत लगायतको समेत सहभागीता रहेको थियो ।

यो कार्यक्रमको मुख्य उदेश्य विद्यार्थीहरुलाई पढाई मात्र नभएर मनोरञ्जन पनि प्रदान गर्नु हाे । कार्यक्रममा विद्यार्थीहरुले गीत गाउनुका साथै डान्ससमेत गरेर माहोल उत्साहित बनाएका थिए। विद्यार्थीहरुकै १५ वटा समूहले यो कार्यक्रमलाई लिड गरेका थिए, लगानी पनि उनीहरुकै थियाे ।

तारकीय म्युजिकल लाइनअपको अतिरिक्त, केएमसी फन फेस्टमा केएमसीमा प्लस टुमा अध्ययनरत विद्यार्थी सहभागीहरूका लागि खेल र मनोरञ्जन प्रदान गर्ने विभिन्न प्रकारका रमाइलो स्टलहरू राखिएका थिए। रिंग टस र बेलुन डार्टहरू जस्ता क्लासिक कार्निवल खेलहरूदेखि लिएर रक क्लाइम्बिङ र अवरोध कोर्सहरू जस्ता थप साहसिक खेल थिए । फूड स्टलहरूमा परम्परागत नेपाली खानादेखि लिएर अन्तर्राष्ट्रिय मनपर्ने खानाहरू राखिएकाे थियाे ।

केएमसी फन फेस्ट सामुदायिक भावना र एकताको एक उत्सव रहेकाे र यसले कार्यक्रममा सहभागीहरुलाई उत्साहित बनाएकाे विद्यार्थीहरुले बताए ।

Logo