रोजवड स्कुलमा ‘तेस्रो रोजवड आर्ट्स एग्जीबिसन’ कार्यक्रम सम्पन्न

रोजवड स्कुलमा ‘तेस्रो रोजवड आर्ट्स एग्जीबिसन’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। बुद्धनगरस्थित रोजवड स्कुलमा ‘तेस्रो रोजवड आर्ट्स एग्जीबिसन’ सम्पन्न भएको छ।

रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा आर्ट्स एक्जिविसन गरेको हो। फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु, विदेशीहरु र अभिभावकहरुले अवलोकन गरेका थिए।

प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो। मण्डला लिप्पन आर्ट, अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो।

आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई लामो समयदेखि रोजवडमा आर्ट सिकाइरहेका छन्।

Logo