वेद इन्टरनेशनलको ‘युके एक्स्पो २०२४’ सम्पन्न, ५०० बढी विद्यार्थीहरु सहभागी

वेद इन्टरनेशनलको ‘युके एक्स्पो २०२४’ सम्पन्न, ५०० बढी विद्यार्थीहरु सहभागी

केन्द्रबिन्दु
252
Shares

पुतलीसडक स्थित वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा ‘मार्च टु युके’ कार्यक्रमको पहिलो शैक्षिक मेला सम्पन्न भएको छ । अध्ययनका लागि बेलायत जान चाहने विद्यार्थीहरूलाई सही परामर्श दिने उद्देश्यले मंगलबार आयोजित उक्त शैक्षिक मेला संस्थाको केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पन्न भएको हो । 

युके जाने सोच बनाएका विद्यार्थीका लागि विशेष परामर्श दिनका लागि एक्स्पोमा युकेका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि सहभागी भएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले जानकारी दिए । यस्तै कार्कीका अनुसार आज एक्पोमा ५०० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । यस्ता एक्पोहरुको आयोजना गर्दा विदेशमा पढन् जाने विद्यार्थीहरुका लागि निकै सहज हुने उनले बताए । उनले एक्पोमा सहभागी विद्यार्थीहरु आफूहरुले दिएको काउन्सिलिङमा पूर्णत सन्तुष्ट भएको बताए ।

वेद इन्टरनेशनल कन्सल्टेन्सीको ‘युके एक्स्पो २०२४ मा सहभागी भएका स्टडी ग्रुपका रिप्रिजेन्टिङ किशन अग्रवालले एक्पोमा आफूले सहभागी विद्यार्थीहरुमा संख्यात्मक हिसाबमा भन्दा गुणात्मक रुपमा अघि पाएको बताए । उनले एक्पोमा २०० भन्दा बढी विद्यार्थीहरुलाई प्रत्यक्ष भेट गरेर काउन्सिलिङ गरेको पनि बताए ।

युकेस्थित योर्क सेन्ट जोन युनिभर्सिटीका कन्ट्री को–अर्डिनेटर सुमित तुलाधरका अनुसार एक्पोमा अधिकांश विद्यार्थीहरु अन्डर ग्रयाजुएट पोष्टका लागि आएका थिए ।

वेद इन्टरनेसनलका काउन्सलर अविन खड्काले एक्पोमा सहभागी विद्यार्थीहरु निकै उत्साहित पाएको बताए । उनी आफूले अमेरिका पढ्न जाने विद्यार्थीहरुलाई काउन्सिलिङ गर्दा विद्यार्थीहरुको चासो पढाईको शुल्क, शैक्षिक योग्यताहरुका बारेमा रहेको बताए ।

यस्तै, एक्पोमा सहभागी विद्यार्थीहरु पनि यस्ता प्रकारको एक्पोमा सहभागी हुन पाउँदा आफूहरुले वैदेशिक शिक्षाको बारेमा धेरै कुराहरु जान्न बुझ्न सहज भएको बताए ।

हाल वेदले आईईएलटीएस, पिटिई र टोफेल तयारी कक्षा संचालनसमेत गरेर विदेशी विश्वविद्यालय प्रवेशाज्ञाका लागि समेत सम्पूर्ण तयारी गराउँदै आएको छ । युकेमा यहाँबाट अप्लाई गर्नेमध्ये ९० प्रतिशत विद्यार्थीले भिसा प्राप्त गर्दै आएको वेदको दाबी छ ।

Logo