‘७० हजार बढीले रोजगार पाएको क्षेत्रलाई सम्बोधन गर्न ऐन तत्काल आवश्यक छ’ -अध्यक्ष शेषराज भट्टराई

‘७० हजार बढीले रोजगार पाएको क्षेत्रलाई सम्बोधन गर्न ऐन तत्काल आवश्यक छ’ -अध्यक्ष शेषराज भट्टराई

केन्द्रबिन्दु
98
Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको औंल्याएका छन् ।

काठमाडौंमा आज आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा अध्यक्ष भट्टराईले शैक्षिक परामर्श क्षेत्रका समस्याहरू समाधानका लागि छुट्टै नयाँ ऐन आवश्यक रहेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् । ‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्नुपर्छ’ उनले भने ।

नेपालमा हाल ५ हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजार बढीले रोजगार पाएको पनि उनले दाबी गरे । उनी भन्‍छन्- ‘राज्यले यो क्षेत्रलाई मान्यता दिनुपर्छ ‌।’

ऐन निर्माणका लागि याे कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष भट्टराईले विश्वास ब्यक्त गरे ।

साथै अध्यक्ष भट्टराईले नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या थोरै भएको बताउँदै यसलाई बढाउन राज्यको भूमिका महत्त्वपूर्ण हुने पनि बताए । आजकाे दिनमा शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न आवश्यक रहेकाे उनकाे भनाई थियाे ।

Logo