‘विद्यार्थीको भविष्य सुनिश्चितका लागि परामर्श संस्थाहरूको भूमिका महत्वपूर्ण’ -वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

‘विद्यार्थीको भविष्य सुनिश्चितका लागि परामर्श संस्थाहरूको भूमिका महत्वपूर्ण’ -वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
140
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि शैक्षिक परामर्श संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सोमबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि परामर्श संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । विदेश गएका युवा पनि फर्केर स्वदेशमा लगानी गरिरहेका छन् । युवाको लागि विदेश अवसर पनि बनिरहेको छ । परामर्श संस्थाहरूलाई विभिन्न आरोप पनि लागेका छन् । तथापि युवाहरुको भविष्य सुनिश्चित बनाउन परामर्श संस्था लागिरहेका छन् ।’

साथै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अबको युग डिलिटलाइजेशनको भएको पनि बताएका छन् । ‘अबको युग डिलिटलाइजेशन हो, यसमा घरमा बसेर अफिसको काम भ्याउन सकिन्छ । प्रविधिले पनि उत्पादन बृद्धिमा जोड दिइराखेको छ ।’ उनले भनेका छन् ।

महासंघले युवाहरुको लागि स्टार्ट अपका प्रमोशनको लागि विभिन्न कार्यक्रम पनि गर्दै आएको उनले जानकारी गराए ।

Logo