नेपालको आइटी क्षेत्रमा निकै राम्रो भविष्य छ -पूर्वअर्थमन्त्री महत

नेपालको आइटी क्षेत्रमा निकै राम्रो भविष्य छ -पूर्वअर्थमन्त्री महत

केन्द्रबिन्दु
70
Shares

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको भविष्य सर्भिस इन्ड्रस्टीमा रहेको बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले हाल नेपालमा आइटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको बताए । उनले नेपाली आइटी विद्यार्थीहरुले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको बताए ।

उनले आइटी सेक्टरमै काम गरेर धेरै युवाहरु उद्यमी भईरहेको पनि बताए ।

साथै पूर्वअर्थमन्त्री महतले स्टार्टअपका लागि चालू आर्थिक वर्षमा धेरै बजेट बिनियोजन गरेको पनि बताए । जसले छिट्टै परिणाम दिने उनकाे भनाई छ ।

Logo