नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने विदेशिएका युवाहरु स्वदेश फर्किने बताउँछन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
नेपालमा अवसर नै नभएर युवाहरु विदेशीन बाध्य रहेको पनि उनले बताए । उनले हाल नेपालमा अर्थतन्त्रको कमि, उत्पादनमुलक क्षेत्र घट्दै जानु र आयातित अर्थतन्त्रमा देश केन्द्रित हुनुलाई यसको केन्द्रबिन्दु मानेका छन् । उनले निजी क्षेत्रले जस्तै सरकारले पनि शैक्षिक क्षेत्रलाई आफ्नो अभिन्न अंगका रुपमा लिएको खण्डमा देशमै आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए ।
प्रतिक्रिया