अर्थविद् तथा काठमाडौँ विश्वविद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले ३८ हजार नेपाली नर्सहरु विदेशिए भनेर चिन्ता नगर्न आग्रह गरेका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाली विद्यार्थीहरुले विश्वको जुनसुकै मुलुकमा पनि अवसर पाउने भएकाले नर्स तथा विद्यार्थीहरु विदेशिँदा खुसी हुनुपर्ने बताए ।
यस्तै, वाग्लेले शिक्षा क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योग्दान पुर्याउने भएकाले नेपाललाई शिक्षाको हब बनाउनमा लाग्नुपर्ने बताए । उच्च शिक्षालाई राज्यले उद्योगको रूपमा विकास गर्नुपर्ने पनि उनले बताए ।
उनले युवाहरु विदेशिए र देशमा विश्वविद्यालय धेरै खुले भनेर चिन्ता गर्नभन्दा पनि शिक्षाको इको सिस्टम चलायमान बनाउन विदेशी विद्यार्थी नेपालमा भित्र्याउन सहज वातावरण बनाउनमा जोड दिए ।
प्रतिक्रिया