राहत तथा बालविकास शिक्षकहरुले प्रचण्डलाई किन भेटे ?

राहत तथा बालविकास शिक्षकहरुले प्रचण्डलाई किन भेटे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राहत तथा बाल विकास शिक्षकहरुको समस्या समाधान गरिदिन आग्रह गरिएको छ । नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीसहितको प्रतिनिधि टोलीले अध्यक्ष प्रचण्डसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले ४० हजार राहत शिक्षक र ३६ हजार पाँच सय बाल विकास शिक्षकको समस्या समाधानका लागि पहल गरिदिन भन्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले समस्या समाधानको लागि पहल भईरहेको जानकारी दिए । अहिलेको समस्यालाई बैज्ञानिक तरिकाले समाधान गर्न सरकार लागिरहेको भन्दै छिट्टै समाधान हुने आश्वासन दिलाएका थिए ।

स्थायीको माग गर्दै राहत तथा बाल विकास शिक्षक शिक्षिकाहरु लामो समयदेखि आन्दोलनमा छन् । नेपालमा चलिरहेको सशस्त्र द्वन्द्वको बेला राज्यले राहत शिक्षकको व्यवस्था गरेको थियो ।

अहिले अस्थायी तथा राहत शिक्षक हटाएको छ । राज्यलाई समस्या परेको बेला ज्यानकै बाजी थापेर अघि बढेको तर अहिले आएर आफुहरुको रोजगारी खोस्न लागिएको भन्दै उनीहरु आन्दोलित बन्दै आएका हुन् ।

Logo