कुन शिक्षकको कति बढ्यो तलब ? विस्तृत विवरणसहित

कुन शिक्षकको कति बढ्यो तलब ? विस्तृत विवरणसहित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलबमा १८ र २० प्रतिशतले बृद्धि गरेको छ । जसमा शिक्षकहरुको पनि तलब बृद्धि भएको छ ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशतले वृद्धि गरिएको हो । जुन साउन १ गतेदेखि लागू हुनेछ । सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।

प्राथमिक तह तृतीय श्रेणीको तलब २२ हजार १ सय ७० रुपैयाँ रहेकोमा २० प्रतिशत बढेर आगामी साउनदेखि २६ हजार ६ सय ४ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै प्रावि द्वितीय श्रेणीको २८ हजार २ सय रुपैयाँ र प्रथम दर्जाको ३५ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।

निम्न माध्यमिक तह तृतीय दर्जाको साविकको तलब २३ हजार ५ सय रुपैयाँमा २० प्रतिशत बढेर २८ हजार २ सय रुपैयाँ, द्वितीय दर्जाको साविककोे तलब ३० हजार ५ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३५ हजार ९ सय ९० रुपैयाँ र प्रथम दर्जाको साविकको तलब ३२ हजार १ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३७ हजार ८ सय ७८ रुपैयाँ कायम भएको छ ।

माध्यमिक तह तृतीय दर्जाको ३० हजार ५ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३५ हजार ९ सय ९० रुपैयाँ, द्वितीय दर्जाको ३४ हजार २ सय २० रुपैयाँमा १८ प्रतिशत बढेर ४० हजार ३ सय ७९ र प्रथम दर्जाको ४० हजार १ सय ५० रुपैयाँमा १८ प्रतिशत वृद्धि भई ४७ हजार ३ सय ७७ रुपैयाँ पुगेको छ ।

हाल शिक्षाको संरचना आधारभूत र मावि तह मात्रै भएपनि तलबको हिसाबकिताब पूरानै तह र दर्जा अनुसार हुँदै आएको छ । प्रावि, निमावि र मावि तहमा प्रथम, द्वितीय र तृतीय गरी २ दर्जा हुने गरेका छन् ।

सम्बन्धित थप समाचार:

राष्ट्रपतिको तलब २७ हजारले बढ्यो, पुग्यो १ लाख ७७ हजार

अब कसको तलब कति बढ्यो ? (भिडियोमा)

सरकारी कर्मचारी कसको तलब कति ? (सूचीसहित)

निजामती कर्मचारीसँगै शिक्षक तथा प्राध्यापकको पनि बढ्यो तलब

बढ्यो कर्मचारीको तलब, मुख्यसचिबको तलब ६५ हजार

 

Logo