देशभरका छात्रालाई निःशुल्क स्यानेटरी प्याड प्रदान गरिने

देशभरका छात्रालाई निःशुल्क स्यानेटरी प्याड प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभरका छात्रालाई निःशुल्क स्यानेटरी प्याड प्रदान गरिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण मार्फत छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड प्रदान गरिने जनाएका हुन् । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट छुट्याएको छ ।

विद्यालयमा स्यानेटरी प्याड निःशुल्क उपलब्ध गराउने, दिवाखाजा वितरण गर्ने जस्ता व्यवस्था उनले शिक्षासम्बन्धी कार्यक्रममा उल्लेख गरेका छन्।

दिवाखाजाका लागि ५ अर्ब ९५ करोड छुट्याएको अर्थमन्त्री खतिवडाले बताए । उक्त रकम विद्यार्थीका आमालाई दिइने व्यवस्था गरेको पनि बजेट भाषणमा उनले उल्लेख गरे।

३०० नयाँ विद्यालय बनाउन ८ अर्ब ५३ करोड छुट्याएको उनले बताए । अर्थमन्त्री खतिवडाले आउँदो वर्ष मदनभण्डारी विश्वविद्यालय स्थापना गर्न सरकारले १ खर्ब ७५ करोड छुट्याएको बताए।

गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख छुट्याइएको थियो। ४६ अर्ब ५३ करोड ६४ लाख रूपैयाँ संघमा २८ अर्ब ५७ करोड ३ लाख प्रदेश र ८५ अर्ब ११ करोड ५० लाख स्थानीय तहलाई शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो।

Logo