रुखले किचेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु, एक घाइते

रुखले किचेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु, एक घाइते

केन्द्रबिन्दु
0
Shares

इलाम । रुखले किचेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका ६ तारा गाउँस्थित हर्कटेबाट थापा गाउँ जाने भित्रि सडक जेसिभिले खन्ने क्रममा ढलेको रुखले किचेर विद्यालय जाँदै गरेका १२ वर्षीय छोरा भेषराज गजमेरको मृत्यु भएको हो । १४ वर्षीया कृतिका रसाइली गम्भीर घाइते भएकी छन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । गजमेरको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । घाइते रसाइलीलाई प्राथमिक उपचार पछि थप उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको छ । दुबैजना कन्यामको कृष्णश्रम विद्यालयका विद्यार्थी हुन्।

बाटो खन्दै गरेको को१ ख २४२७ को जेसिविले रुख लडाउँदा गजमेरको ज्यान गएको हो । बिहान साढे ९ बजे विद्यालय जाने क्रममा रुखले किचेको स्थानीयको भनाई छ ।

घटनापछि जेसीबी चालक मोरङ बिराटनगरका २९ वर्षीय राजेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीको कारण दुर्घटना भएको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका छन् ।

Logo