विराटनगरको मेरिल्याण्ड कलेज तीनवटा विधामा नेपाल टप

विराटनगरको मेरिल्याण्ड कलेज तीनवटा विधामा नेपाल टप

केन्द्रबिन्दु
0
Shares

विराटनगर । मेरिल्याण्ड कलेज तीन वटा विधामा नेपाल टप भएको छ । २०५९ सालमा विराटनगरमा स्थापना भएको मेरिल्याण्ड कलेजका विद्यार्थीहरुले प्लस टु, बिबिएस प्रथम वर्ष र सिए मा नेपाल टप गरेका हुन् । व्यवस्थापन शिक्षा प्रदान गर्ने मेरिल्याण्ड कलेजका छात्रा पुजा शाह र निशा पोखरेल २०७५ सालको कक्षा ११ को नतिजामा नेपाल टप भएका छन् ।

उनीहरुले समान ३ दशमलव ९२ जी.पी.ए. ल्याएका छन् । त्यस्तै सिमरन अग्रवाल बिबिएस प्रथम वर्षमा नेपालभरबाट सबैभन्दा बढी ७७ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भएकी छन् । त्यस्तै सि.ए. तर्फ आई क्यानले लिएको परीक्षामा २२ वर्षको काठमाडौको इतिहास तोड्दै उपत्यकाबाहिर पहिलोपटक क्याप २ मा मेरिल्याण्डका प्रनशा श्रेष्ठले नेपाल प्रथम स्थान प्राप्त गरिन् ।

देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्ड सबैभन्दा अग्र स्थानमा आएको हो । २०६३ सालमा पनि किन्जल पोखरेलले बिबिएसमा नेपाल प्रथम भएकी थिईन् । मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधै टपटेनमा पर्न सफल भएको छ । २०७४ सालमा भने नेपाल दोश्रो भएको थियो । हाल प्लस २ र बिबिएस गरी कलेजमा २ हजार ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Logo