नेपालको प्रशासन सक्षम छ, तर काम गर्न चाहँदैनः डा. शिवदत्त ज्ञवाली

नेपालको प्रशासन सक्षम छ, तर काम गर्न चाहँदैनः डा. शिवदत्त ज्ञवाली

केन्द्रबिन्दु
490
Shares

डा. शिवदत्त ज्ञवाली शैक्षिक क्षेत्रको एउटा परिचित नाम हो । न्यु समिट कलेजका निर्देशक तथा युनिभर्सल कलेजका प्रधानाध्यापक साथै अन्य थुप्रै शैक्षिक संस्थामा आबद्ध रहेका डा. ज्ञवाली करिव ४ दशकदेखि यस क्षेत्रमा संलग्न भई काम गर्दै आएका छन् । विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको शिक्षा सुधारका निमित्त सम्बन्धित सरकारी निकाय संघ, संस्था, निजी क्षेत्र लाग्नु पर्ने उनी बताउँछन् । नेपालको शैक्षिक प्रणालीको सुधारका निमित्त कुनै कसुर बाँकी राख्न नहुने बताउने ज्ञवाली गुणस्तर शिक्षामा फोकस भई न्यु समिट तथा युनिभर्सल कलेज पठन पाठन भइरहेको उनको भनाइ छ । उनै डा. ज्ञवालीसँग नेपालको वर्तमान शैक्षिक प्रणाली, उनी संवद्द कलेजमा पठन पाठन हुने संकाय, शिक्षा क्षेत्रमा देखिएका समस्या, अहिलेको अवस्थामा विद्यार्थीले छनोट गर्नुपर्ने विषय लगायतका सन्दर्भमा केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईंको शैक्षिक क्षेत्रको यात्रा कसरी प्रारम्भ भएको थियो ? त्यो अवस्थादेखि अहिलेसम्मको शैक्षिक प्रणालीको विकासलाई कसरी नियाल्नु भएको छ ?

-म सानैदेखि मिहिनेत गर्ने मान्छे हुँ । म आफूलाई सेल्फ मेड र स्वयं निर्देशित भन्न रुचाउँछु । किनभने मैले सानै उमेरमा आफ्नो बुबालाई गुमाए पश्चात् पारिवारिक व्यवहारलाई मिलाउँदै स्नातकोत्तरसम्मको पढाई सकें । मलाई सानैदेखि शैक्षिक पेशा मन पर्थ्यो । तर, परराष्ट्र मन्त्रालयमा जागिर खाएर देशको प्रतिनिधित्व गरी विदेश जान्छु भन्ने सोच पनि थियो । यद्यपि त्यो पूरा हुन सकेन । र, ब्रिगेड अफ गोर्खा हङकङमा अङ्ग्रेजी विषयको शिक्षकमा छनोट भएर विदेश गए । सोही सिलसिलामा सिङ्गापुर मलेसिया जस्ता ठाउँमा घुम्ने साथै त्यहाँ विद्वानहरूसँग सङ्गत गर्ने मौका पाए । केही अनुभव लिने साथै त्यहाँको वातावरण नजिकबाट नियाल्ने अवसर पाएपछि मलाई झन् शैक्षिक पेसाप्रति आकर्षण बढ्दै गयो । केही गर्न सकिन्छ भन्ने ऊर्जा पनि प्राप्त भयो । र, म वि.सं. २०५४ सालमा नेपाल फर्किए । नेपाल फर्किएको केही समयपछि नै युनिभर्सल कलेज सञ्चालनमा ल्यायौं ।

यो समयसम्म आइपुग्दा हामीले तीन वटा कलेज सञ्चालनमा ल्याएका छौं । न्यु समिट कलेज जुन अहिले शान्तिनगरमा छ । केएमसी ग्रुप र युनिभर्सल टिमको संयुक्त लगानीमा सञ्चालनमा आएको सो कलेजले आईटी फोकस गरेर पठन पाठन सञ्चालन हुँदै आएको छ ।

अब विद्यार्थीलाई माछा मारेर दिएर पुग्दैन । माछा मार्ने सिप विद्यार्थीलाई शैक्षिक संस्थाहरूले दिनु पर्यो ।

ति कलेजमा कुन–कुन संकायको पठन पाठन हुँदै आएको छ नि ?

-न्यु समिट कलेजमा ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), विज्ञान स्नातक (बीएससी), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) र प्लस टु पढाई हुन्छ । युनिभर्सल कलेज त्रिभुवन विश्वविद्यालय (टियु) सम्बद्ध संस्था हो । यसमा टियुको कोर्सहरु पढाइ हुने गर्छ ।

उक्त कलेजमा बीबीए, बीसीए, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएस जस्ता कोर्सहरु पढाई हुनेगर्छ । अङ्ग्रेजी एमए प्रोग्राम पनि युनिभर्सलमा रहेको छ । त्यो सँगसँगै सो कलेजमा प्लस टु पनि रहेको छ । यति मात्र नभई हामीसँग मार्वलस बोर्डिङ स्कुल पनि सञ्चालित छ । मलेसियाको लिंकन विश्वविद्यालय सम्बद्ध फिनिस कलेजमा म अहिले प्रमुख शैक्षिक निर्देशकको रूपमा छ । उक्त कलेजमा पाँच वटा प्रोग्राम चल्छ । जसमध्ये तीनवटा स्नातक तह र दुई वटा स्नातकोत्तरभित्र पर्दछ ।

अमेरिका जाँदैमा त्यहाँ केही फल्दैन । मिहिनेत जुन देशमा गए पनि गर्नै पर्छ । त्यसैले विदेशमा पनि सहज छैन ।

यतिका धेरै शैक्षिक संस्थाको कसरी व्यवस्थापन गरी अगाडि बढाइराख्नु भएको छ ?

-यी सबै शैक्षिक संस्थाको जिम्मेवारी मैले मात्र लिएको छैन । हामीसँग जोडिने सबैले यसमा आ-आफ्नो तरिकाले काम गर्नुभएको छ । हरेक संस्थाको प्रत्येक प्रोग्राम हेर्ने प्रोग्राम एचओडी हुनहुन्छ उहाँले पनि व्यवस्थापनका विषयमा ध्यान दिनु भएको छ ।

न्यु समिट कलेज र युनिभर्सल कलेज नै विद्यार्थीले किन राेज्ने ?

-यी दुवै संस्थामा प्लस टु तथा स्नातक अन्तर्गतका प्रोग्राम सञ्चालन हुन्छन् । विद्यार्थीलाई कुन कलेज उपयुक्त हुन्छ त्यो ठाउँमा पुगेर कलेजको अवस्था बुझ्नुका साथै भर्ना लिन सक्नुहुनेछ । विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिनु हाम्रो शैक्षिक संस्थाको उद्देश्य हो । अब विद्यार्थीलाई माछा मारेर दिएर पुग्दैन । माछा मार्ने सिप विद्यार्थीलाई शैक्षिक संस्थाहरूले दिनुपर्यो । किनभने माछा मारेर दियो भने एक पटकलाई हुन्छ । तर, माछा मार्ने सिप दिइयो भने उसले जीवनभर माछा मारेर खान सक्छ । त्यसैले हाम्रो शैक्षिक संस्थाबाट विद्यार्थीलाई पढाइसँगै माछा मार्ने सिप पनि प्रधान हुनेछ ।

शिक्षकको सबैभन्दा ठूलो सम्बन्ध जीवन हो । जीवनसँग सम्बन्धित शिक्षा अहिलेको आवश्यकता हो । जीवनले आफ्नो कामसँग सम्बन्ध राख्नु पर्यो । विद्यार्थीलाई शिक्षा सँगसँगै सीप दिन सक्यो भने अभिभावक र विद्यार्थी दुवै खुसी हुने पाएका छौं । आजको दिनमा शिक्षकले विद्यार्थीलाई थर्काएर दिएको शिक्षा उपयोगी हुँदैन । तपाईंलाई काम गर्ने ठाउँमा कस्तो शिक्षा, कस्तो ज्ञान आवश्यक पर्छ । त्यो स्किल हाम्रा कलेजबाट प्रधान हुन्छ ।

हाम्रो कलेजले पठन पाठनसँगै अतिरिक्त क्रियाकलाको सहभागितालाई पनि उतिकै बढावा दिन्छ । पढ्नको लागि विद्यार्थीलाई प्रोत्साहन गर्छ । विद्यालयमा वा कलेजमा पढौं-पढौंको वातावरण मिलाउन सकियो भने पढाइमा पनि विद्यार्थीको आकर्षण बढ्छ भन्ने हाम्रो बुझाई हो । हामीले हाम्रो कलेजमा राम्रो संकाय राख्ने प्रयास पनि गरेका छौं ।

अहिलेको जमानामा मैले ४० वर्ष पढाएँ, म यस्तो मान्छे हुँ भनेर गफ दिएर हुँदैन । कक्षाभित्र गएर त्यो विद्यार्थीको साइकोलोजी बुझ्न सक्ने पनि अबका शिक्षक हुनु पर्यो । अहिलेको पुस्ता धेरै दुख र मिहिनेत गर्न चाहँदैन । यो आईटी, इन्टरनेट, आईफोन र एआई जमानाका पुस्ता हुन् ।

विद्यार्थीलाई लामो समय कक्षा कोठामा राखेर धेरै शिक्षा दिन्छु भन्ने अहिले सोच बनायो भने विद्यार्थीले त्यस्तो शिक्षा लिन चाहँदैन । उसलाई सहज तरिकाले उसको इच्छा अनुसारको पठन पाठन गराउन र शिक्षा दिन सक्यो भने उक्त विद्यार्थीले भविष्यमा पनि राम्रो गर्न सक्छ । हामीले सञ्चालन गरेका शैक्षिक संस्थामा अहिलेको अवस्थासम्म विद्यार्थीको संख्या सन्तोषजनक छ ।

एसईईको नतिजा छिटै सार्वजनिक हुँदैछ । एसईईपछि धेरै विद्यार्थीहरू कस्तो संकाय छनोट गर्ने भन्ने विषयमा दुविधा पर्ने गर्छन् ? तपाईं त्यस्ता विद्यार्थीलाई कस्तो संकाय छनोट गर्ने सुझाव दिनुहुन्छ ?

-एसईईको सक्ने धेरै विद्यार्थीहरूले ब्रिज कोर्सको तयारी गरिसक्नुभयो होला । एसईई मात्र नभई भर्खरै प्लस टुको परीक्षा सकिएको छ । प्लस टुको परीक्षा सकेर धेरै विद्यार्थीहरू विदेशको तयारी पनि गर्दै हुनुहोला । जे होस् एसईईपछि विद्यार्थी जीवनको एउटा टर्निङ पोइन्टको रूपमा लिइन्छ । विद्यार्थीलाई मैले भन्दै आएको पनि हुन्छु आफ्नो लागि पढ्नुहोस् अरूको लागि हैन भनेर ।

भिजिट गर्दा कुनै कलेजले पनि आफ्नो कलेजको बारेमा नराम्रो भन्दैनन् । तर, कलेजको अवस्था त्यहाँ पूर्वाधार, त्यहाँको ल्याब, त्यहाँ पठाई हुने संकाय लगायतका विषयमा ध्यान दिए पर्याे ।

तपाईंको कुन संकाय छनोट गरी पढ्न सक्नुहुन्छ त्यो आफैले छनोट गर्नुहोस् । आमा बुबाले इच्छा छोराछोरीले इन्जिनियर, डाक्टर पढ्दे हुन्थ्यो भन्ने हुन्छ । तर, सबैले यि नै विषय रोजेर त पढ्न सक्दैनन् । यद्यपि तपाईंले यो संकाय छनोट गरेर पढे भने पढ्न सक्छु भन्ने क्षमता राखेर पढ्न सुरु गर्नु भयो भने पढाइमा पनि तपाईंले सफलता पाउन सक्नु हुन्छ । त्यसैले विद्यार्थीले पनि आफ्नो क्षमताको पहिचान गर्नु आवश्यक छ ।

विद्यार्थीले आफ्नो क्षमताको पहिचान गरिसके पछि त्यो संकाय पढाइ हुने कलेजहरू भिजिट गर्नुपर्यो । भिजिट गर्दा कुनै कलेजले पनि आफ्नो कलेजको बारेमा नराम्रो भन्दैनन् । तर, कलेजको अवस्था त्यहाँ पूर्वाधार, त्यहाँको ल्याब, त्यहाँ पठाई हुने संकाय लगायतका विषयमा ध्यान दिए पर्याे । अहिले ९ कक्षाबाटै विषय छनोट गरी पढ्न सकिने व्यवस्था छ । साथीले यस्तो पढ्यो म पनि यस्तो पढ्छु भन्ने तर्फ नलानुहोस् । किनभने आफूले के विषयमा राम्रो गर्न सकिन्छ, त्यो फिल्डको पहिचान गरी अगाडि बढ्नु भयो भने आफ्नो जीवनलाई पनि उत्कृष्ट तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने विद्यार्थीको लागि मेरो सुझाव हो ।

अहिलेको विद्यार्थीहरू पढ्नमा कतिको इच्छुक देखिन्छन् ?

-अहिलेका विद्यार्थीहरू पढ्नमा भन्दा अरू विषयमा बढी रुचि र आकर्षण भएको पाइन्छ । विद्यार्थीहरू लामो समयसम्म कक्षा कोठामा बसेर पढ्न रुचाउँदैन । अहिलेका विद्यार्थी बुद्धिमान चाहिँ छन् । विद्यार्थी छोटो अनि मिठो सोचाइ राख्ने र मिहिनेत गर्नेमा अल्छी गर्छन् । हाम्रो जमाना र अहिलेको समयका विद्यार्थीको पढाई प्रतिको आकर्षण चाहिँ बिलकुलै भिन्न छ ।

तपाईंले प्लस टु पछाडि विद्यार्थी बिदेशिनुको कारण के पाउनु भएको छ ? नेपालको शैक्षिक प्रणाली अस्त व्यस्त भएकै कारण विद्यार्थी बिदेशिएका हुन् ?

-अहिलेको यो नेपालको जल्दो बल्दो समस्या हो । नेपालमा कक्षा ११ र १२ को अध्ययन पूरा गरी विद्यार्थी बिदेशीने गरेको पाइन्छ । विगत २/३ वर्षदेखि नेपालबाट विद्यार्थी विदेशीको संख्या उच्च छ। युवा र विद्यार्थी विदेशिनुको जिम्मेवारी सरकार हो जस्तो मलाई लाग्छ । अनि मात्र अन्य निकायहरूको नाम आउँछ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै जानुको मेन कारण विद्यार्थीको परीक्षा लिन र नतिजा समयमा सार्वजनिक गर्न नसक्नु हो ।

विद्यार्थीले विश्व विद्यालयमा ताला लगाउने हड्ताल गर्ने, कर्मचारी, शिक्षकमा राजनीतिक प्रभाव बढी हुने, पठन पाठनमा भन्दा बढी अन्य विषयमा शिक्षक फोकस हुने भएका आजको दिनमा टियु प्रति विद्यार्थीको आकर्षण घट्दो गएको देखिन्छ । टियुका १/२ वटा प्रोग्राम यस्ता छन् जसको परीक्षा दुई वर्षमा पनि हुँदैन । ९९ प्रतिशत संकायको परीक्षा समयमा हुन्छ । तर, एउटा संकायको परीक्षा दुई वर्षमा पनि भएन भने विद्यार्थीलाई समस्या भयो । र, विद्यार्थीको समय पनि खेर गयो । एआई तथा रोबोटिक्सको जमाना छ । विद्यार्थीले अहिलेका समयमा पाठ्यक्रम पनि नयाँ खोज्छ । तर, हाम्रो पाठ्यक्रम अझै पाँच वर्ष अगाडिको छ । टियुमा विद्यार्थीको चाप छ । तर, विद्यार्थीको चाप अनुसारको व्यवस्थापन भने टियुले गर्न सकेको अवस्था छैन । विद्यार्थीले खोजे अनुसारको कोर्सहरू टियुमा पाउँन छाडि सक्यो । युवा पैसाको खोजीमा मात्र विदेशीएका हुन जस्तो मलाई लाग्दैन । विश्वविद्यालयको उच्च ओदामा बस्ने मान्छेहरूले नीति नियमको सहि तरिकाले पालना गरेर अगाडि बढाउ नसके सुधार आउँछ ।

शैक्षिक सुधार नहुँदा विद्यार्थी फ्रस्टेशन र तनाव भएको मैले महसुस गरेको छु । उच्च शिक्षा हासिल प्रमाण पत्र छ । तर, सिप नहुँदा रोजगार पाउन पनि विद्यार्थीलाई सकस हुने गरेको निराश भई फर्किनु परेको देखिन्छ । एउटालाई देखेर अर्को विदेश जाने प्रचलन बढेको छ । सबैले आआफ्नो ठाउँबाट राम्रोसँग काम गर्ने हो भने नेपालमा हामी धेरै काम गर्न सक्छौं । त्यो कामको सुरुवात नेपाल सरकार, शिक्षा मन्त्रालय, टियुबाट हुन जरुरी छ ।

शैक्षिक प्रणालीमा सुधार गर्नसके नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ । नेपालमाबाट अहिले बाक्लो संख्यामा विद्यार्थी बिदेशीदा विश्वविद्यालय रानो बेगरको मौरीको घार जस्तो भएको छन् । यसको हामीले समयमै चेक अप गर्न नसक्ने हो भने विश्वविद्यालयको ग्राउन्डमा झार उम्रेर गाई चर्न थाल्छन् । अहिलेदेखि नै शिक्षामा सुधारका भएन भने यो अवस्था झान् भयावह बन्न सक्छ ।

उच्च शिक्षा हासिल प्रमाण पत्र छ । तर, सिप नहुँदा रोजगार पाउन पनि विद्यार्थीलाई सकस हुने गरेको निराश भई फर्किनु परेको देखिन्छ ।

नेपालको शैक्षिक प्रणालीमा सुधार गर्नको निमित्त कस्तो नीति नियमको आवश्यक रहेको ठम्याउनु भएको छ ?

-नीति बनाउनेहरुले समय अनुकूलका नीति नियम बनाई दिनु पर्यो । नीति नियम समय अनुसारको भएपछि समय अनुसारको पाठ्यक्रम पनि समावेश गर्दै लैजानु पर्यो । तपाईंलाई कस्तो मान्छे बनाउने त्यो पाठ्यक्रमको विषयले पनि निर्धारण गर्छ । भोलिका दिनमा जस्तो सुकै परिस्थिति आएपनि उसले सहजै ह्यान्डल गर्न सक्ने विद्यार्थी बनाउन जरुरी छ । पाठ्यक्रम परिवर्तन भएपछि शिक्षकहरूको पनि क्षमता अभिवृद्धि गर्नु पर्यो ।

तलब दिएको छ, प्रोफेसर भनेको छ, डा. हरू छन् । तर, पठनपाठन कत्तिको प्रभावकारी छ भन्ने विषयको मुल्याङ्कन कहिले गरिँदैन । कक्षाकोठामा पनि सीमित विद्यार्थी राखेर पढाउनु पर्याे । अहिले प्रविधिको जमाना छ । प्रविधिमैत्री शिक्षा हुनु पर्ने हो, तर त्यो छैन ।

मैले हिजोका जसरी नै तपाईंलाई पठाए भने तपाईंको भविष्य मैले खत्तम बनाई दिएँ । त्यसैले समय अनुकलनको शिक्षा विद्यार्थीलाई दिने अभ्यास गरौं ।

विद्यार्थीबाट पैसा मात्र लिने, दिन चाहिँ केही नदिएपछि नतिजा आउँदैन । त्यसैले पहिला नीति, पाठ्यक्रम, पठन पाठनमा नयाँ ढाँचा तयार गरौं । म हिजोको विद्यार्थी हो तपाईं आजको हो । मैले हिजोका जसरी नै तपाईंलाई पठाए भने तपाईंको भविष्य मैले खत्तम बनाई दिएँ । त्यसैले समय अनुकलनको शिक्षा विद्यार्थीलाई दिने अभ्यास गरौं । यी सबै विषयको सुपर भिजन कडा हुने हो भने यो क्षेत्रको सुधार आउन समय लाग्दैन । नेपालको प्रशासन सक्षम भए पनि काम गर्न भने चाहँदैन ।

अमेरिका जाँदैमा त्यहाँ केही फल्दैन । मिहिनेत जुन देशमा गए पनि गर्नै पर्छ । त्यसैले विदेशमा पनि सहज छैन । गर्न सके र मिहिनेत गरे सम्भावनाका क्षेत्र यहाँ अनेकौं छन् । परिवर्तन र सुधार गर्न सकिन्छ । त्यसको लागि अब सोच पनि परिवर्तन गरौं । अहिले टियुमा भन्दा बढी विदेशी विश्वविद्यालयका कलेजमा विद्यार्थीको चाप बढ्न थालेको छ । पहिला टियुको वाहेक अन्य विश्वविद्यालयको डिग्रीको कामै लाग्दैन थियो । तर, आजकाे टियु हिजोको जस्ताे रहेन ।

Logo