स्वतः स्थायीको माग राख्दै अस्थायी शिक्षकहरु आमरण अनसनमा (भिडियोमा)

स्वतः स्थायीको माग राख्दै अस्थायी शिक्षकहरु आमरण अनसनमा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रक्रिया पुर्‍याएर स्थायी गराउनुपर्ने माग राख्दै जुम्लाकी शिक्षिका राधा रावत र पर्साकी नितु सिन्हा बैशाख २० गतेदेखि अनसनमा छन् । अस्थायी शिक्षकहरुलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरि स्थायी गराउन माग गर्दै उनीहरु रत्नपार्कस्थित शान्तिबाटिकामा अनसनमा बसिरहेका हुन् ।

‘अस्थायी शिक्षकलाई विस्थापित गर्न पाइदैन्, संविधानले व्यवस्था गरेको रोजगारिको हक सुनिश्चित गर, रोजागारी खोस्न पाइँदैन’ भन्दै अनसनमा बसिरहेको भक्तपुरका शिक्षक तथा आन्दोलन परिचालन समितिका सह–संयोजक जीवन सुवालले जानकारी दिए ।

अनसनका कारण दुवै जनाको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । उनीहरु कुरा गर्न सक्ने अवस्थामा छैनन् । शिक्षक सेवा आयोगले गत वर्ष असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल भएका अस्थायी तथा करार शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् ।

नवौं शिक्षा ऐन संसोधन हुँदा हामीले परीक्षामा अनुत्र्तिर्ण हुने, स्वतः अवकाश हुने कुरामा उनीहरुको असहमति छ । अहिले सेवा निरन्तराको माग उनीहरुको मुख्य माग हो । जुन विद्यालयमा, जुन स्थानमा र जुन हाजिरकापीमा अहिलेसम्म हाजिर गर्दै आएका थियौं त्यही अनुसार सेवा निरन्तरता गराउनुपर्छ ।

Logo