के शिक्षक सेवा आयोगले अन्तिम नतिजा पुनर्योग गर्छ ?

के शिक्षक सेवा आयोगले अन्तिम नतिजा पुनर्योग गर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देवराज तिम्सिनाले अस्थायी शिक्षकको नतिजा पुनर्योगको लागि निवेदन दिए । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षामा तिम्सिनाले नतिजा पुनर्योगको लागि निवेदन दिएका थिए ।

उनीसँगै रामकुमारी घिमिरे र प्रतिभा बसौलाले नेपाली विषयको नतिजा पुनर्योगको लागि निवेदन दिए । अस्थायी माध्यमिक तहको नेपाली विषयमा अन्तर्वातामा सहभागी भएका तिनै जनाले पुनर्योगको लागि निवेदन दिएका हुन् ।

तर शिक्षक सेवा आयोगले भने नतिजाको पुनर्योग नहुने जनाएको छ । अन्तिम नतिजा प्रकाशित पश्चात पुनर्योग सम्बन्धि कुनै व्यवस्था नभएको आयोगले जनाएको छ ।

Logo