टेक्सास आएपछि विद्यार्थीले पछुताउनु पर्दैनः भाइस प्रिन्सिपल युवराज बस्नेत

टेक्सास आएपछि विद्यार्थीले पछुताउनु पर्दैनः भाइस प्रिन्सिपल युवराज बस्नेत

केन्द्रबिन्दु
3.1k
Shares

टेक्सास इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल हुन् युवराज बस्नेत । लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध बस्नेत टेक्सास कलेज विद्यार्थीको भविष्यलाई लिएर गम्भीर रहेको बताउँछन् । आधुनिक शैलीबाट पठनपाठन सञ्चालन गर्दै आएको टेक्सास शैक्षिक क्षेत्रमा निकै ठुलो फड्को मार्न सफल शैक्षिक संस्था पनि हो । मन्टेशवरीदेखि स्नातकोत्तरसम्मको कार्यक्रम रहेको टेक्सासलाई कम्प्लिट एजुकेशन हब बनाउन ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ तयार गरिसकेको बस्नेतले बताए । उनै भाइस प्रिन्सिपल बस्नेतसँग टेक्सासमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीले टेक्सास किन रोज्ने, नेपालको वर्तमान शैक्षिक सिनारियो लगायका विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको छोटो कुराकानीको सम्पादित अंशः

टेक्सास कलेजमा विद्यार्थीको चाप बढ्दो छ । विद्यार्थीको रोजाइमा टेक्सास पर्नुकाे कारण के हाे ?

-विद्यार्थीहरूले रोज्ने र खोज्नेमध्ये अधिकांश प्रोग्राम टेक्साससँग उपलब्ध छ । टेक्सासमा मन्टेसरी शिक्षादेखि मास्टर डिग्रीसम्म अध्यापन हुन्छ । प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायहरु रहेका छन् । त्यस्तै, लिंकन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय सम्बद्ध स्नातक तहमा प्रोग्राम सञ्चालनमा छन् । स्नातक तहमा बीएससी सिएसआइटी, बीएसडब्ल्यू, बीबीएम र बीसीए कोर्स कलेजले सञ्चालन भइरहेका छ । स्नातकोत्तर तहमा एमबिएस कोर्स पनि रहेको छ ।

युवा शक्ति बढ्दो संख्यामा विदेशिँदा अहिले देशमा दक्ष काम गर्ने जनशक्ति नै पाउन छाडेको अवस्था हो ।

विद्यार्थीलाई टेक्सासले औसत शुल्कमा गुणस्तर शिक्षा दिने भएकाले पनिे कलेजमा विद्यार्थीको संख्या राम्रै नम्बरमा रहेको पाइन्छ । उच्च स्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिएर टेक्सास अगाडि बढेको छ । विद्यार्थीहरूलाई कोर्स छनोटको पर्याप्त उपलब्धता भएकाले टेक्सास पढ्न आउने संख्या राम्रो छ ।

टेक्सास कलेजमै किन पढ्ने ? विद्यार्थीको लागि के-के सुविधा उपलब्ध छन् ?

-पहिलो कुरा टेक्सास कलेजमा गएका विद्यार्थीले पछुताउनु पर्दैन । तर, जसलाई पढ्न अल्छी लाग्छ उसका लागि टेक्सास उपयुक्त नहुन सक्छ । केही गर्छु भन्ने भावना लिने विद्यार्थीका लागि टेक्सास उपयुक्त शैक्षिक संस्था हो । किनभने टेक्सास कलेजले विद्यार्थीलाई जीवन उपयोगी साथै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । प्रयोगात्मक शिक्षामा टेक्सासको फोकस हुने भएकाले विद्यार्थीको आकर्षण यस कलेजप्रति हुनु स्वभाविक हो ।

विद्यार्थीले पढाइ सकेर जागिरको खोजीमा भाैंतारिनु परे भने राम्रो हुँदैन । विद्यार्थीले भोलिका दिनमा पढेर पनि जागिर पाइएन वा केही गर्न सकिएन भन्ने अनुभूति नहोस् भनेर अहिले टेक्सासले व्यवहारिक शिक्षामा फोकस गरेको छ । सोही विषयलाई मध्यनजर गर्दै टेक्सासले रोजगारका साथै स्वरोजगारसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गर्दै पनि आएको छ ।

‘टेक्सासका विद्यार्थीले जागिरको तनाव लिनुपर्दैन ।’

टेक्सासले विद्यार्थीलाई शिक्षामा दिन खोजेको नयाँपन के हो ?

-टेक्सास विद्यार्थीलाई शिक्षाको नयाँपन दिनका निमित्त दृढ छ । हामीले सरकारको नीति नियम साथै परिधिभित्र बसेर काम गर्नुपर्ने हुन्छ । सोही नीति नियमलाई पालना गर्दै हामी अगाडि बढेको अवस्था हो । हामीसँग जोडिन आइपुग्ने विद्यार्थी जागिर तनाव लिनुपर्दैन । किनभने टेक्साससँग जोडिएका अधिकांश विद्यार्थी पढ्दा पढ्दै स्वरोजगार बनिसकेका हुन्छन् ।

हामीले बेला बेलामा विद्यार्थीलाई स्वरोजगार बनाउने कार्यक्रमहरूको आयोजना गर्दै आएका हुन्छौैं । टेक्सासले यही जेठको २५ गते ‘करियर फेयर’को आयोजना गर्दैछ । उक्त फेयर विद्यार्थी र कर्पोरेट क्षेत्रका विभिन्न संस्थाहरूसँग भेट हुने गन्तव्यको रूपमा हुनेछ । हामीले करियर फेयर रोजगार चाहिने र जनशक्ति चाहिनेहरूको भेट गर्ने थलोको रूपमा हुने अपेक्षा लिएका छौं ।

अहिलेको अवस्थामा नेपालको शिक्षा खत्तम छ भन्न मिल्दैन ।

युवा शक्ति बढ्दो संख्यामा विदेशिँदा अहिले देशमा दक्ष काम गर्ने जनशक्ति नै पाउन छाडेको अवस्था हो । यस्तो अवस्थामा उक्त फेयरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास टेक्सासले लिएको छ । हामी पढ्दा कामै पाएनौं भन्थ्यौं, तर अहिले स्किल भएको मान्छे पाइँदैन भनिरहेका छौं । यस्तो अवस्थामा रोजगार दाता र विद्यार्थीलाई यो फेयर अवसर हुनेछ । यसमा हाम्रो कलेजका मात्र नभई बाहिर पढेका विद्यार्थीले पनि उक्त जब फेयरमा सहभागी हुन सक्नेछन् ।

कुनै एकजना विद्यार्थीले पढ्यो उत्तीर्ण भएको प्रमाण पत्र पनि प्राप्त गर्यो तर, उसले सीभी नै बनाउन जान्दैन । अन्तर्वार्ता फोकस गर्न गाह्रो छ भने समस्या हुन्छ । सो विषयलाई मध्यनजर गरेर टेक्सासले आवश्यक कदम चालेको छ । बजारको माग अनुसारको क्षमता र सिप विद्यार्थीसँग भयो भने उसलाई कामको अभाव हुँदैन ।

टेक्सासमा कक्षा ११ र १२ पढिसकेपछि विद्यार्थीलाई कहाँ गएर पढ्ने भन्ने चिन्ता पनि भएन । किनभने टेक्सासमै स्नातक तथा स्नातकोत्तरका विभिन्न कार्यक्रम रहेको हुँदा त्यही पनि पढ्न सकियाे । प्लस टु उत्तीर्ण गरेका धेरै विद्यार्थीहरूले टेक्सासबाट आफ्नो पढाइलाई निरन्तरता दिएका पनि छन् ।

अहिले कक्षा १२ पछि स्नातक तह वा मास्टर डिग्रीमा भर्ना भएर पढ्ने विद्यार्थीको संख्या कस्तो छ ?

-यो संख्या पहिलाको तुलनामा केही कम छ । विद्यार्थी विदेशिँदा यसको प्रत्यक्ष असर विश्वविद्यालयका कोर्सहरूमा पनि परेको हामीले महसुस गरेका छौं । किनभने पहिलाको जस्तो अहिले धेरै संकायहरुमा पढ्ने विद्यार्थीको संख्या कम छ । प्रविधिको विकास सँगसँगै आईटीले फड्को मारेको अवस्था छ । आईटीमा स्कोप भएकाले यस प्रोग्राममा विद्यार्थीको चाप देखिन्छ । टेक्सासले पनि कम्प्युटरका कोर्सहरू बढी हुँदा अन्य कोर्सको तुलना आईटी पढ्ने विद्यार्थीको संख्या केही हदसम्म बढी रहेको पाइन्छ । स्नातक तहका विश्वविद्यालयका कोर्सहरूमा तुलनात्मक रूपमा विद्यार्थीको संख्या ठिकै मात्र छ ।

विदेशमा जति नै विद्यार्थीले देशमा मिहिनेत गर्ने हो भने अथाह कमाउन सक्छन् ।

तपाईंले प्लस टुपछि विद्यार्थी विदेशिनुको कारण के पाउनु भएको छ ?

-प्लस टु पछाडि विद्यार्थीको विदेशिने ट्रेन्ड बढ्दो छ । विद्यार्थी विदेशिनुको पछाडि हरेक क्षेत्रले प्रभाव पारेको मैले महशुस गरेको छु । अस्थिर राजनीति, आर्थिक, सामाजिक, अपेक्षा अनुसारको पूर्वाधारको विकास नहुनु आदि कारण । युवा पुस्ता देशमा अवसर नदेखेर विदेशिनु ठिक हैन जस्तो मलाई लाग्छ । किनभने देशमा अवसर र सम्भावनाको ठाउँहरु अथाह छन् । नेपालमा अवसर बढ्दो अवस्थामा छ । विगतमा बेरोजगारको संख्या बढी, पूर्वाधार विकासको हिसावले निकै पछाडि थियौं, अब यसले बिस्तारै गति लिँदै गएको अवस्था हो ।

विद्यार्थीलाई सक्षम भविष्य निर्माण सहयोग पुग्ने शिक्षा दिनु टेक्सासको उद्देश्य हो ।

विदेशमा जति नै विद्यार्थीले मिहिनेत गर्ने हो भने देशमा नै उनीहरूले अथाह कमाउन सक्छन् । विदेश गएर केही ज्ञान हासिल गरेर फर्किन्छु भन्ने भावनाले विदेश जानु राम्रो हो । यद्यपि नेपालमा काम छैन भनेर विदेश लाग्नु चाहिँ मुर्खर्ता हो भन्ने मेराे बुझाई छ । विदेशमा सोचे अनुसारको भएन भनेर स्वदेश फर्किएका उदाहरण पनि धेरै छन् । केहीले विदेश बसेर अनुभव हासिल गरेर नेपालमा आएर काम गरिराख्नु भएको छ । विदेशको विकासले आकर्षण गर्छ । तर, त्यहाँ गएर कति मिहिनेत गर्नुपर्छ भन्ने विषयमा बिचार गर्नुपर्छ ।

शिक्षामा गुणस्तरको नारा लगाए पनि सोही अनुरूपको शिक्षा दिनमा चुकेको देखिन्छ नि, किन ?

-अहिलेको अवस्थामा नेपालको शिक्षा खत्तम छ भन्न मिल्दैन । किनभने विगतको हेर्दा अहिले शिक्षामा धेरै हदसम्म सुधार भएको महसुस गर्न सक्छौं । शिक्षाको सुधारका निमित्त हरेक निकाय लागेको देखिन्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

-टेक्सासले विद्यार्थीको भविष्यलाई समेत सोचेर शिक्षा दिँदै आएको छ । उनीहरूलाई पढाउने, पास गर्ने मात्र हाेइन, उनीहरूको हातमा सिप र काम हुनुपर्छ भनेर टेक्सासले मान्यता राख्छ । विद्यार्थीको आवश्यकता, प्राथमिकता ध्यानमा राखेर नै पठनपाठन सञ्चालन गर्दै आएको टेक्साससँग आफ्नै भौतिक पूर्वाधार तथा अनुभवी तथा क्षमतावान शिक्षकहरू छन् । यस्तै, धेरै विषय छनोटको अवसर, इन्क्युभेसन सेन्टर, आधुनिक ल्याब, छात्रवृत्ति, अतिरिक्त क्रियाकलापमा जोड, उत्कृष्ट नतिजामा टेक्सास अगाडि नै छ । विद्यार्थीलाई सक्षम भविष्य निर्माण सहयोग पुग्ने शिक्षा दिनु टेक्सासको उद्देश्य हो ।

Logo