अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न नसकिने सरकारको स्पष्टिकरण

अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न नसकिने सरकारको स्पष्टिकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गनै नसकिने प्रष्ट पारेको छ । लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गराउन नसकिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रष्ट पारे । अस्थायी शिक्षकहरुको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने उनको दाबी छ ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पोखरेलले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्र भित्रै सम्मानका साथ बिदाई गर्ने बताए ।

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो। तर, अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको भनाई छ ।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुर्तीण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यवहारिक समेत नहुने प्रष्ट पारे । उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित बिदाइ गर्न सरकार लागि परेको बताए ।

बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले कतिपय अस्थायी शिक्षकहरु अपांगसमेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि माग राखिन्।

Logo