प्रधानमन्त्रीलाई सुवालको प्रश्न, ‘१२ हजार अस्थायी शिक्षकको व्यवस्थापन कहिले ?’

प्रधानमन्त्रीलाई सुवालको प्रश्न, ‘१२ हजार अस्थायी शिक्षकको व्यवस्थापन कहिले ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सडक आन्दोलनमा रहेका १२ हजार अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो प्रश्न राख्दै सुवालले लामो समयदेखि आफ्नो हक र अधिकारको लागि आन्दोलन गरिरहेको भन्दै उनीहरुको कहिले व्यवस्थापन गरिने हो भन्दै प्रश्न गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रधानमन्त्री ओलीले सांसद सुवालले राखेको प्रश्नको जवाफ दिएनन् । नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छराको अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ भन्ने वित्तिकै कांग्रेसले प्रधानमन्त्रीले संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । सो क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ बढ्दै बैठक तनाबपुर्ण बनेको थियो ।

पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भएतापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै १३ हजार बढी शिक्षकहरु छनौटमा पर्न सकेका छैनन् । उनीहरु अहिले पनि आन्दोलनमा छन् ।

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै आन्दोलन गरिरहेको हो । कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शिक्षा ऐनको नवौं संशोधनअनुसार ७५ प्रतिशत आन्तरिक परीक्षा सञ्चालन गर्ने भनिएतापनि यथार्थमा त्यो नभई २५ देखि ३० प्रतिशतसम्म मात्रै आन्तरिक परीक्षा गराएर राज्यले आफूहरुलाई धोका दिएको उनीहरुले आरोप लगाउँदैं आएका छन् ।

अस्थायी शिक्षकहरु फेरि आन्दोलित, राज्यले मानसिक यातना दिएको आरोप

Logo