जब शिक्षकले कुट्दा कुट्दै लठ्ठी नै भाचियो, त्यसपछि मुड्कीले हाने

जब शिक्षकले कुट्दा कुट्दै लठ्ठी नै भाचियो, त्यसपछि मुड्कीले हाने

केन्द्रबिन्दु
0
Shares

चितवन । शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् । नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुविन सुनार घाईते भएका हुन् । १४ वर्षका सुविनलाई अनुशासन पालना नगरेको भन्दै शिक्षक निराजन भट्टले कुटपिट गरेका हुन् । शिक्षकको कुटाईबाट उनको ढाडमा निलडाम छ ।

साथीलाई उसको किताब दिने क्रममा हल्ला गर्यो भन्दै शिक्षकले कुटेको उनको भनाई छ । ‘सरले मलाई १० पटक भन्दा बढी मुड्कीले कुट्नु भयो’ घाइते सुनारले भने ‘सरले कक्षा कोठाबाट अफिसमा लगेर वालम्यापको डण्डिले पनि पिट्नु भयो । मलाई पिट्दा डण्डी नै भाँचियो, मलाई सहनै नसक्ने गरि दुख्यो ।’

विद्यार्थीलाई कुटे लगत्तै शिक्षक भट्टले विद्यार्थीका बाबुलाई फोन गरेर तपाईंको छोरालाई विद्यालयबाट लैजानुस्, यसलाई हामीले पढाउन सक्दैनौं भनेर खबर गरेका थिए । बुबा धनप्रसाद सुनार छोरालाई कुटेको भन्दै विद्यार्थी सहितका अभिभावक र पत्रकार विद्यालय पुगेका थिए । विद्यालय आएका प्रधानाध्यापक बिष्णु सापकोटाले पत्रकारलाई किन ल्याएको ? भन्दै शुरुमा आपत्ति जनाएका थिए ।

तरपछि छलफलका क्रममा सापकोटाले कैले काँही सम्झाउन खोज्दा यस्तो भएको हुन सक्ने बताउँदै घटनाले आफू पनि दुखी भएको बताए । आगामी दिनमा यस्ता घटना नदोर्होयाउने उनले प्रतिवद्धता व्यक्त गरे । आगामी दिनमा गल्ती नदोर्होयाउने र घाइते विद्यार्थीको उपचार खर्च शिक्षक भट्टले व्यहोर्ने सर्तमा अभिभावक फर्केका छन् ।

Logo