शिक्षक सरुवाको बाटो खुल्यो, तीन अवस्थामात्र सरुवा गर्न परिपत्र

शिक्षक सरुवाको बाटो खुल्यो, तीन अवस्थामात्र सरुवा गर्न परिपत्र

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । शिक्षक सरुवाको बाटो खुलेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले रोकिएको शिक्षक सरुवाको बाटो खोलिदिएको हो । गत चैत ११ गते देखि रोकिएको शिक्षकको सरुवा तीन अवस्थामा गर्न सक्ने गरी केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

आन्तरिक तर्फको पदस्थापनाको कार्य सम्पन्न भएपछि पनि दरबन्दी रिक्त रहन आएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समाबेश नभएका पद किटान तथा खुला तर्फको पदस्थापनमा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौती नहुने अवस्थामा मात्र सरुवा गर्न भन्दै केन्द्रले परिपत्र गरेको हो ।

सरुवा जिल्ला र जिल्ला अन्तर मात्र गर्न सकिनेछ । यसरी सरुवा गर्दा समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई पालिकाहरुको समन्वयका आधारमा सरुवा गर्न सकिनेछ ।

आन्तरिक पदस्थापना र शिक्षकको अवकासको कारण शिक्षक व्यवस्थापनमा कठिनाई भएको भन्दै केन्द्रले इकाइलाई परिपत्र गरेर सरुवाको बाटो खोलेको हो । यसअघि शिक्षकको सरुवा रोकिएपछि समस्या उत्पन्न भएको थियो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गरेको परिपत्र

Logo