इन्टरनेसनल स्टडी पार्टनर्सद्वारा ‘यूके एड्मिसन डे’आयोजना

इन्टरनेसनल स्टडी पार्टनर्सद्वारा ‘यूके एड्मिसन डे’आयोजना

केन्द्रबिन्दु
210
Shares

काठमाडौंको मध्यबानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था इन्टरनेसनल स्टडी पार्टनर्सले ‘यूके एड्मिसन डे २०२४’आयोजना गरेको छ । बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्टडी पार्टनर्सले ‘यूके एड्मिसन डे’ आयोजना गरेको हो ।

कार्यक्रममा बेलायत जाने सोच बनाएका विद्यार्थीहरुको परामर्श लिन घुइँचो लागेको थियो । विद्यार्थी तथा तिनका अभिभावकले आफ्ना जिज्ञासाहरू सिधै बेलायतका युनिभर्सिटीका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले यस यूके एड्मिसन एकदमै महत्वपूर्ण रहेको इन्टरनेसनल स्टडी पार्टनर्सका निर्देशक युकेश कार्कीले जानकारी दिए ।

साथै काठमाडौं बाहिरका विद्यार्थीहरूको अत्याधिक चासोलाई मध्यनजर गर्दै अनलाइन सत्र र टेलिवार्ता पनि आयोजना गरिएको थियो ।

इन्टरनेसनल स्टडी पार्टनर्सले युकेसहित डेनमार्क, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्डमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि एक विश्वसनीय सेतूकाे काम गर्दै आएकाे छ ।

Logo