२५औं वर्ष प्रवेशका अवसरमा बर्नहार्ट कलेजले २५ विद्यार्थीलाई निःशुल्क पढाउने

२५औं वर्ष प्रवेशका अवसरमा बर्नहार्ट कलेजले २५ विद्यार्थीलाई निःशुल्क पढाउने

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ ।

काठमाडौंकाे बल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ,’ अधिकारीले भने । कक्षा ११ र १२ दुवैमा लागू हुने पूर्णछात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा (एसईई) परीक्षामा चार जिपिए अनिवार्य गरिएको छ ।

कलेजको यो घोषणासँगै चार जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् । उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि नयाँ योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने कलेज प्रशासनको अपेक्षा छ ।

देशैभरी भएका हजारौं प्लसटु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको यस कलेज २०५७ सालमा स्थापना भएको हो । विद्यालयले क्षमताअनुसार विद्यार्थी केन्द्रित स्तरीय पठनपाठन गराउँदै आएको दावी गरेको छ ।
कक्षा नर्सरीदेखि मास्टर लेभलसम्मको अध्यापन गराउँदैं आइरहेको यो कलेज नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजी तर्फ उत्कृष्ट महाविद्यालयको घोषित हुँदै सम्मानित समेत भएको थियो ।

Logo