नेपालको शिक्षा गुणस्तर नभएर हैन, अवसर नदेखेर विद्यार्थी विदेशिए: केएमसी क्याम्पस प्रमुख सुवेदी

नेपालको शिक्षा गुणस्तर नभएर हैन, अवसर नदेखेर विद्यार्थी विदेशिए: केएमसी क्याम्पस प्रमुख सुवेदी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी) बागबजारका क्याम्पस प्रमुख हुन् सुरेन्द्र सुवेदी। अधिकांश विद्यार्थीको रोजाइमा पर्ने केएमसी एउटा शैक्षिक संस्था मात्र नभई सञ्जालको रूपमा विकास भइरहेको छ। केएमसीले आफ्नो छुट्टै नेटवर्क तयार पारिसकेको छ भने विभिन्न संकायलाई समेटेर विद्यार्थीलाई गुणस्तर र प्राविधिक शिक्षामा विशेष जोड दिई अध्यापन गराउँदै आएको छ।

शिक्षा क्षेत्रको विकास पर्याप्त नभएता पनि सुधार गर्न सकिने ठाउँहरू धेरै रहेको उनी बताउँछन्। उनै क्याम्पस प्रमुख सुवेदीसँग केएमसीका शैक्षिक कार्यक्रम, विद्यार्थीका लागि केएमसीले उपलब्ध गराएको शैक्षिक सुविधा, नेपालको वर्तमान शैक्षिक सिनारियो लगायतका विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुका लागि समीक्षा कट्टेलले गरेको छोटो कुराकानीको सम्पादित अंशः

केएमसी नेटवर्कभित्र केएमसी मात्र नभए अन्य शैक्षिक संस्था पनि छन्। यस नेटवर्कमा हिमालयन कलेज अफ इन्जिनियरिङ्, अपोलो इन्टरनेशनल कलेज, न्यु समिट कलेज, युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज, काठमाडौं रिसर्च फाउन्डेसन र बुटवल मोडल कलेज रहेका छन्।

केएमसी कस्तो शैक्षिक संस्था हो ? विद्यार्थीले केएमसीमा किन पढ्ने ?
केएमसी एउटा निकै ठूलो सञ्जाल भएको शैक्षिक संस्था हो। यो नेटवर्कबाट स्कुलदेखि स्नातक साथै स्नातकोत्तर तहसम्मको पढाइ चलिरहेको छ। स्नातक तथा स्नातकोत्तरमा त्रिभुवन विश्वविद्यालय (टीयु) का बीबीए, बीबीएम, बीसीए, बीबीएस, बीएमा साईकोलोजी र मास्टर्समा एमए ईङ्लीस, एमबीएस कार्यक्रम चल्दै आएको छ।

हामीसँग केएमसी नाम गरेका तीनवटा संस्था छन्। केएमसी प्लस टु बागबजार। यसको फर्मल नाम चाहीँ काठमाडौं मोडेल सेकेन्डरी स्कुल हो। उक्त स्कुलको प्लस टुमा विज्ञान, व्यवस्थापन र कानुनको संकाय रहेको छ । त्यस्तै, केएमसी ललितपुर स्कुलको प्लस टुमा विज्ञान, व्यवस्थापन र कानुन नै संकाय पढाइ हुन्छ। प्ले ग्रुपदेखि कक्षा १० सम्म बुद्धनगरमा अवस्थित केएमसी स्कुलबाट अध्यायपन भइरहेको छ।

केएमसी नेटवर्कभित्र केएमसी मात्र नभए अन्य शैक्षिक संस्था पनि छन्। यस नेटवर्कमा हिमालयन कलेज अफ इन्जिनियरिङ्, अपोलो इन्टरनेशनल कलेज, न्यु समिट कलेज, युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज, काठमाडौं रिसर्च फाउन्डेसन र बुटवल मोडल कलेज रहेका छन्।

केएमसीभित्र जुनसुकै संकाय छनोट गरी पढ्न सकिने भएकाले अधिकांश विद्यार्थीको रोजाइ हाम्रो शैक्षिक संस्था पर्ने गर्छ। हामीले सेग्मेन्ट अनुसार एक स्थानमा एक खालको प्रोग्राम, अर्को ठाउँमा अर्को खालको प्रोग्राम सञ्चालन गर्दै आएका छौँ। भौतिक पूर्वाधार तथा दक्ष शिक्षकको हिसाबले केएमसी निकै अगाडि भएकाले पनि विद्यार्थीको रोजाइमा यो कलेज परेको छ।

विद्यार्थीलाई सिकाई सँगसँगै पढाइमा उत्प्रेरण गर्दै आएको यस कलेजमा पढ्ने विद्यार्थीले परीक्षामा नतिजा पनि उत्कृष्ट ल्याउन सफल भइराख्नु भएको छ। मलाई लाग्छ यसै कारण अभिभावक, विद्यार्थीको रोजाइमा काठमाडौं मोडेल कलेज र यसभित्रको नेटवर्कमा रहेको शैक्षिक संस्थाहरू पर्ने गरेका हुन्।

एसईईको नतिजा चाँडै सार्वजनिक हुँदैछ। नजिता पश्चात् केएमसी भिजिट गर्न आउँने अभिभावक साथै विद्यार्थीका लागि तपाईंको सुझाव के छ ?
एसईईपछि कहाँ पढ्ने भनेर विद्यार्थीलाई चिन्ता लिनु पर्छ जस्तो मलाई लाग्दै। उहाँहरूलाई आफ्नो गाउँ ठाउँमा भएका राम्रो शैक्षिक संस्था पढ्दा पनि उचित नै हुन्छ। किनभने त्यो संस्था नराम्रो छ भने त्यसलाई सुधारको लागि महत्त्वपूर्ण भूमिका विद्यार्थीको हुन्छ। तसर्थ कक्षा ११ र १२ को लागि पहिलो प्राथमिकता गाउँ ठाउँकै सामुदायिक विद्यालयलाई दिएर विकल्पमा मात्र निजी क्षेत्रबाट सञ्चालित कलेजमा बुझ्नको लागि जानु होस् भन्ने सुझाव हो।

निजी सँगसँगै आफ्नै गाउँ ठाउँको समुदायमा भएको संस्थालाई राम्रो कसरी बनाउने भन्नेमा पहिलो फोकस हुनुपर्छ। अझै पनि आफ्नो छोराछोरीको लागि अभिभावको चाहना अनुरूपको कलेज खोज्ने, विषय रोज्ने गरेको पाइन्छ। कलेज छनोट गर्दा विद्यार्थीको पास आउट कस्तो छ, त्यहाँको भौतिक पूर्वाधार कस्तो छ, शैक्षिक सुविधाहरू के-के उपलब्ध गराएको छ भनेर महत्वका साथ हेर्नुपर्ने हुन्छ।

त्यो कलेजबाट उत्पादन भएका विद्यार्थीले रिजल्ट मात्र हैन। विद्यार्थी कस्तो विद्यार्थीको रूपमा उत्पादन हुन्छ र त्यहाँ उसलाई के सिकाइएको हुन्छ भन्ने कुरा हेर्न जरुरी छ। केएमसी आउँदा पनि केही विषयहरू बुझेर आउनु भयो भने अझ सहज हुन्छ भन्ने मलाई लाग्छ। शैक्षिक पूर्वाधार साथै हरेक हिसाबले केएमसी अगाडि रहेको हुँदा यस शैक्षिक संस्थामा जोडिदा पश्चाताप गर्नु पर्दैन भन्ने मेरा बुझाइ हो।

नेपालका शैक्षिक संस्थाहरू गुणस्तर शिक्षा दिनमा सक्षम छन् ?
गुणस्तरीय शिक्षाको जवाफ सबैले आफ्नो आफ्नो तरिकाले दिइरहेको पाइन्छ। नेपालको सन्दर्भमा कुनै पनि शैक्षिक संस्थाले आफैँले पाठ्यक्रम, त्यसको पाठ्यक्रम निर्माण गर्न सक्दैन। तर, कुनै कलेजले पाठ्यक्रमलाई विद्यार्थी समक्ष कसरी पस्किएको छ भन्ने विषय चाहीँ महत्वपूर्ण छ। सरकारले गुणस्तर शिक्षा दिनमा प्रयास गरिरहेको छ।

विद्यार्थी कक्षा कोठा मात्र भएर हुँदैन। उनीहरूलाई सहज खालको वातावरण, पढाइ लेखाइका लागि आवश्यक पर्ने संयन्त्र, पुस्तकालय, प्रयोगशाला कस्ता छन् भन्ने विषयले निकै ठूलो प्रभाव पारको हुन्छ। विद्यार्थीहरूले आफ्नो साथसँग हिँड्दा, बस्दा कुराकानी गर्दा पनि त्यहाँबाट सिकाई भइरहेको हुन्छ। सिकाई कहिले पनि नसकिने भएकाले असल शिक्षाको सिकाइका निमित्त शैक्षिक संस्था फोकस भएर लाग्नु पर्ने देखिन्छ।

हामीले विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिइरहेका छौँ। त्यतिले मात्र अब विद्यार्थीलाई पुग्दैन। विद्यार्थीहरूको चौतर्फी विकासका लागि नसमेटिका नयाँ विषयहरू पाठ्यक्रममा समेट्नु आवश्यक छ। विद्यार्थीको उद्देश्य पूरा गर्न त्यो शैक्षिक संस्था र विषय कसरी सपोर्ट गर्दछ। त्यो अग्रिम बुझ्न जरुरी छ।

निजी शैक्षिक संस्थाहरू शिक्षामा दिएको नयाँ पन के हो ?
शिक्षामा खोजी सधैँ नयाँ राख्नु पर्छ। क्वालिटी भनेको प्रोसेस हो डेस्टिनेसन होइन। शिक्षा एक ठाउँमा पुगेर टुङ्गिने विषय पनि होइन। यो क्षितिज जस्तो हो। जति अघि बढ्यो त्यति टाढा देखिन्छ। गुणस्तरीय शिक्षा प्रदान भएको भनेर जवाफमा छ। तर, व्यवहारमा कतिको छ भनेर बुझ्न जरुरी छ। यति भयो भने गुणस्तर शिक्षा हुन्छ भनेर तोकिने आधार पनि केही पाइँदैन। मेरो शैक्षिक संस्थाबाट पनि गुणस्तर शिक्षा प्रधान भइरहेको छ भनेर क्लेम गर्न सक्दिन र अरू संस्था पनि यस विषयमा भन्दा विश्वास गर्दिन। किनभने संसारका कुनै पनि शैक्षिक संस्थाले आफ्नो संस्थाका सुधारका ठाउँहरू केही न केही भेटिरहेको नै हुन्छ।

नेपालको शिक्षामा सुधार गर्न सम्भावना छ। सुधार्नु पर्ने धेरै ठाउँहरु बाँकी छन्। यसमा एउटा शैक्षिक संस्थालाई मात्र लिएर हेर्न कुरा आउँदैन। नेपालको सन्दर्भमा एउटा प्राइभेट अर्गनाईजेसनले शिक्षाको जिम्मेवारी लिनु पर्ने अवस्थाको कसरी सिर्जना भयो भन्दा तत्कालीन समयमा हामीले शैक्षिक संस्था स्थापना गरेको समयमा जनयुद्ध चलिरहेको थियो।

नेपालको स्कुलहरूमा नियमित पढाइ हुँदैनथ्यो। नेपाल डब्लु टीओको मेम्बर बनी सकेको थियो। सरकार आफैले लगानी गर्न सक्ने अवस्था थिएन। त्यो आज पनि छैन। यद्यपि तत्कालीन अवस्थामा शिक्षाका लागि निजी क्षेत्रले टेवा दिनुपर्ने अवस्था आयो। र, शिक्षामा निजी क्षेत्रको लगानी बढ्दै गएर आझ यो अवस्थासम्म आएको छ।

हामीले शिक्षामा फरक पन दिने हो भने त्यो विद्यार्थीको समग्र विकास साथै व्यक्तिलाई चाहिनेलाइफ स्किल दिन आवश्यक छ। सोही विषयलाई मध्यनजर गर्दै केएमसीले सक्सेस म्यानेजमेन्ट स्किल कार्यक्रम चलाइरहेको छ। केएमसीले विद्यार्थीको क्षमता वृद्धिको लागि अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ।

तपाईंले नेपालको शैक्षिक क्षेत्रको विकासलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
शिक्षालाई पहिला घोकन्ते विद्या रूपमा लिइन्थ्यो। तर, अहिले प्रविधि र विकासले मारेको फड्कोले गर्दा शैक्षिक प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्ने भान भएको छ। खोजेका विषयवस्तु प्रविधिका कारण सबै भेटिन्छन्। भइरहेको ज्ञान र सीपको उपयोग कहाँ कुन ठाउँमा गर्ने भनेर सिकाउन अब विद्यार्थीलाई अपरिहार्य छ। टेक्नोलोजी प्रयोग गर्न सुक्ने जनशक्ति उत्पादन गर्नुपर्ने छ। भिजन राखेर १० वर्षमा नेपालको शैक्षिक प्रणालीलाई कहाँ पुर्याउँने भनेर सोच्न जरुरी छ।

सरकारले शैक्षिक सुधारका निम्ति कस्तो भूमिका खेल्न जरुरी छ ?
सरकारले अहिले केही सकारात्मक कदम चालेको देखिन्छ। तर, यो पर्याप्त छैन। नेपालको सरकार प्रयास गरे पनि शैक्षिक प्रणाली सुधार गर्ने पर्याप्त स्रोत साधन भएको पाइँदैन। सरकारी संयन्त्रमा सबैभन्दा ठूलो समस्या व्यवस्थापनको हो। व्यवस्थापनको कुरा गर्दा स्रोत र साधनले अड्किएको हुन्छ। सरकारको फोकस पहिला सबै विषयलाई समेट्ने हुनुपर्छ। सरकारले समुदाय, निजी क्षेत्र सहकारीको सहयोग लिएर इनोभेसनलाई ध्यान दिएर काम गर्न आवश्यक देखिन्छ।

अहिलेको समयमा कुनै पनि विद्यार्थीले मैले पढ्न पाइन भन्यो भने त्यो जिम्मेवार सरकार हो। विद्यार्थीले जिम्मेवारीमा वहन गर्नमा सरकार पनि लाग्नु पर्यो। शैक्षिक क्षेत्रबाट मुल्याङ्कन साथै अनुगमन गर्ने कार्य सरकारी तवरबाट हुनुपर्छ जस्तो लाग्छ।

तपाईंलाई उच्च शिक्षाको लागि विद्यार्थी विदेशिनुको कारण के हो जस्तो लाग्छ ?
हामीले विद्यार्थी विदेशिनु पछिको कारण के हो भनेर अनुसन्धान गरिरहेका छौँ। र, विदेशिएका विद्यार्थीलाई कसरी फर्काउन सकिन्छ भनेर आवश्यक कार्य थाल्न जरुरी छ। नेपालको सामुदायिक विद्यालय तथा निजी शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएर विद्यार्थी बाहिरिएको भन्ने भ्रम छ। यसमा हामीले गरेको सर्भेले के देखाउँछ भने नेपालमा राम्रो विश्वविद्यालय, संकाय नभएर विद्यार्थी विदेशिएका हैन। विद्यार्थी विदेशिनुको मुख्य कारण नेपालमा अवसर नदेख्नु हो।

नेपालीको लागि सरकार आफैँले अवसर सिर्जना वातावरण मिलाउन नसकिरहेको अवस्था छ। हामी एक अर्काबीच दोषारोपण गरिरहेका हुन्छौँ। एक अर्कालाई दोष लगाउनु समस्याको समाधान होइन। हाम्रो विश्वविद्यालय स्थापन साथै शिक्षाको विकास इतिहास धेरै लामो छैन। यद्यपि अहिलेको अवस्थासम्म आइपुग्दा शिक्षाको विकास तुलनात्मक रूपमा सन्तोषजनक नै छ भन्ने लाग्छ।

हामीले विद्यार्थीलाई बाहिर जस्तै शिक्षा र अवसरको सिर्जना गर्ने किसिमको माहोल मिलाउन सक्यौँ भने धेरै विषयमा सुधारका संकेतहरु देख्न पाइन्छ। विदेशमा सुख मात्र छैन। त्यहाँ पुगेर विद्यार्थीहरूले भोगेका समस्याहरू अझै ताजै छन्। नेपालमा स्थायित्व दिन सकियो, विधिको शासन चल्छ भनेर देखाउन सकियो र पढ्दै गर्दा श्रमसँग सीप र रोजगारी मिलाउन सक्यो भने विद्यार्थी विदेशिने क्रममा कमी आउने छ।

नेपालको शैक्षिक क्षेत्रमा देखिएका चुनौती के हुन् ?
शिक्षामा अहिलेको अवस्थामा देखिएको सबै भन्दा ठूलो समस्या भनेको दक्ष जनशक्तिको हो। विद्यार्थीलाई ह्यान्डल गर्न सक्ने, अहिलेको शिक्षा बुझेको जनशक्ति पाउन मुस्किल छ। त्यो शिक्षकको दोष भने हैन। किनभने उहाँहरूलाई प्रशिक्षण उपलब्ध गराइएकै छैन। धेरै वर्ष शिक्षण पेसामा लाग्नु भएका शिक्षकले अब आएर सिक्नु हुन्छ भनेर आश गरेर पनि हुँदैन। अब विद्यार्थीमा मात्र हैन शिक्षकको क्षमता विकासमा पनि लगानी आवश्यक देखिन्छ।

नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो चुनौती भनेको छनोट प्रक्रिया हो। त्रिभुवन विश्वविद्यालय र कुनै पनि ठाउँमा हेर्नु भयो भने शिक्षा के आधारमा छनोट हुन्छ ? कक्षा कोठामा पढाएको विषयलाई लिएर छनोट गरिएको छ ? बरु निजी क्षेत्रबाट सञ्चालित कलेजले यसको लागि केही आधारहरू तयार पारेका छन्। शिक्षकको कक्षा कोठाको मुल्याङ्कन हेरिन्छ। उहाँहरूको टिचिङ फिलोसोपी के हो ? त्यो निहाल्नुको साथै शिक्षाको हरेक सकारात्मक गतिविधिलाई निहाल्दैँ पठनपाठन गरिन्छ।

शिक्षकले आफूले जसरी पढ्नु भएको छ त्यसरी नै पढाउन थाल्नु भयो भने विद्यार्थीका क्षमता विकास हुँदैन। त्यसैले शिक्षक पनि अपडेट हुन जरुरी छ। शिक्षा प्राप्ति पछि मैले समाजलाई योगदान गर्छु। यो शिक्षाले नै मेरो रोजी रोटी चल्छ भन्ने सोचेर आउनुभएको छैन। सिकाइको अनरसिप नलिने मान्छे शिक्षामा आउनु सबैभन्दा ठूलो चुनौती हो। निजी क्षेत्र शैक्षिक संस्था नाफा कमाउने हिसाबले मात्रै स्थापना भएका छन्। संस्थापक सुधारका लागि काम नगर्ने, सीप विकासका लागि खर्च नगर्ने, उठेको पैसा बाँडिहाल्ने जस्ता प्रक्रिया पनि निजी क्षेत्रमा देखिएको चुनौती हो।

नेपालको शैक्षिक पाठ्यक्रम कस्तो हुन आवश्यक छ ? अब विद्यार्थीलाई कस्तो शिक्षाको खाँचो हो ?
शिक्षक, विद्यार्थी र पाठ्यक्रमबीचमा त्रिपक्षीय सम्झौता हुन्छ। एउटा कुन विषय पढ्ने, त्यो विषयको उद्देश्य के हो ? त्यो उद्देश्य प्राप्त गर्न विद्यार्थीले गर्ने काम के–के हो? शिक्षकले गर्नुपर्ने कामहरू के हुन् भन्ने विषयमा क्लियर हुन आवश्यक छ। शिक्षकले विद्यार्थीलाई पढ्न सिकाइदिने आफ्नो ज्ञान र खोज भएका आधारमा सजिलै त्यो ठाउँ भेट्ने बनाइदिने हो। स्रोत र साधन उपलब्ध गराइदिने हो। यो सन्दर्भमा हामी शिक्षक पनि केही हदमा चुकेका छौँ।

हाम्रो शिक्षा प्रणाली कस्तो छ भने पाठ्यक्रम नेशनल भएको हुँदा, कोर्स अफ स्टडीको निर्माण एउटा संस्था र शिक्षकले गर्ने हो। हामीलाई त्यो अधिकार छैन। हामीले अरूले तयार गरेको पाठ्यक्रम पढाउनुपर्ने हुन्छ। त्यसकै आधारमा प्रश्न सोधिन्छ र त्यही आधारमा उत्तर लेखेको भरमा विद्यार्थीको मूल्याङ्कन हुन्छ। हामीले शिक्षामा आमूल परिवर्तन ल्याउने हो भने यसमा देखिएका सुक्ष्म चुनौतीको समाधान गर्न आवश्यक छ।

Logo