अब शिक्षक सेवा आयोगको नतिजा एसएमएसबाटै पाईने

अब शिक्षक सेवा आयोगको नतिजा एसएमएसबाटै पाईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षक परीक्षाको नतिजा एसएमएसबाटै जानकारी गराउने भएको छ । यसअघि विद्यार्थीहरुको नतिजा एसएमसबाटै जानकारी गराईने गरेको थियो । अब आयोगले पनि शिक्षक परीक्षाको नतिजा एसएमएसबाटै जानकारी गराउने भएको हो ।

आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा एसएमएसबाटै जानकारी दिन लागेको हो । त्यसको लागि उम्मेदवारले TSC टाइप गरी स्पेस दिई आफ्नो रोल नं. टाइप गरी ३१००७ नम्बरमा एसएमएस गर्नुपर्ने हुन्छ ।

जस्तैः गुल्मीको रोल नं. ४६३०३००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज वक्समा गई TSC स्पेस रोल नं. ४६३०३००००४ टाइप गरी ३१००७ मा मेसेज पठाउने ।

उक्त एसएमएसबाट पास फेलबारे जानकारी दिईने आयोगले जनाएको छ । तपाई पास भएको खण्डमा लेखिएको म्यासेज आउने छ भने फेल भएकालाई लेखिएको म्यासेज आउनेछ । आयोगले अहिले खुल्ला तर्फको नतिजाहरु सार्वजनिक गरिरहेको छ ।

Logo