स्थायी शिक्षक खुल्ला तर्फ लिखित परीक्षाको नतिजा सार्वजनिक

स्थायी शिक्षक खुल्ला तर्फ लिखित परीक्षाको नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको छ ।

पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा मध्यमाञ्चलको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कृषि, मध्यपश्चिमाञ्चलको भूगोल र सुदूर पश्चिमाञ्चलको संस्कृत साहित्य तर्फको नतिजा सार्वजनिक भएको आयोगका प्रशाकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

लिखित परीक्षाको नतिजामा चित्त नवुझि पुनर्योग गर्न चाहने उम्मेदवारले बैशाख १९ गते आयोगमा ५ सय रुपैयाँ राजस्व दस्तुर तिरेर प्रवेशपत्रको प्रतिलिपिसहित निवेदन दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षामा उत्र्तिण भएका परीक्षार्थीको लागि बैशाख २५ गतेदेखि अन्तर्वार्ता लिईने आयोगले जनाएको छ ।

 

Logo