गुणस्तरीय शिक्षा प्रदानमा सधैं अग्रपंक्तिमा प्रसादी एकेडेमी

गुणस्तरीय शिक्षा प्रदानमा सधैं अग्रपंक्तिमा प्रसादी एकेडेमी

केन्द्रबिन्दु
98
Shares

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हाे, प्रसादी एकेडेमी । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी छ । त्यसैले त ललितपुरमा अवस्थित प्रसादीमा पढ्नका लागि विद्यार्थीहरुमा होडबाजी चल्छ ।

परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने प्रसादी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गर्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ प्रसादीले पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गर्छ । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकीय समूह सधैं गतिशिल छन् ।

परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने प्रसादी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गर्छ ।

अनुशासित वातावरण र गुणस्तरीय शिक्षण यस कलेजको आकर्षण हुन् । सन् १९९७ मा स्थापना भएको प्रसादीले नेपालको शैक्षिक क्षेत्रमा गर्बिलो योगदान दिइरहेको छ । वैश्विक स्तरका शिक्षण विधिहरु अपनाउँदै व्यवहारिक र वैज्ञानिक ढाँचाबाट पठनपाठन गराउनु यसको आफ्नो विशेषता हो । यस कलेजले विद्यार्थीलाई पढाउने भन्दा पनि कसरी पढ्ने भनेर मार्गदर्शन गर्छ । यसैको कारण विद्यार्थीहरु स्वतःस्फूर्त पढाईमा प्रेरित हुने मात्र होइन, पढाईप्रति जिज्ञासु पनि हुने कलेजको मान्यता छ । यस किसिमको पठन पद्धतीले विद्यार्थीमा आलोचनात्मक चेत, तार्किक क्षमता, सिघ्र निर्णय क्षमता विकास गर्छ ।

विद्यार्थीहरु स्वतःस्फूर्त पढाईमा प्रेरित हुने मात्र होइन, पढाईप्रति जिज्ञासु पनि हुने कलेजको मान्यता छ ।

पढेर ज्ञान आर्जन मात्र पर्याप्त हुँदैन । उक्त ज्ञानलाई आफ्नो जीवन र समाज, राष्ट्र र सम्पूर्ण जगतका हितमा कसरी उपयोग गर्ने ? कसरी आफूमा सही आचरण विकास गर्ने ? कसरी जीवनलाई रचनात्मक र अर्थपूर्ण बनाउने ? प्रसादीले यही अनुरुप विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्छ ।

वैश्विक स्तरका शिक्षण विधिहरु अपनाउँदै व्यवहारिक र वैज्ञानिक ढाँचाबाट पठनपाठन गराउनु प्रसादी एकेडेमीको आफ्नो विशेषता हो ।

हरेक विद्यार्थी फरक हुन्छन् र उनीहरुमा आ–आफ्नै किसिमको खुबी एवं दक्षता हुन्छ । त्यस्ता दक्षता, खुबीलाई कसरी प्रस्फुटन गराउनका लागि शैक्षिक संस्थाहरुले उर्बर वातावरण तयार गर्नुपर्छ भन्ने मान्यतामा प्रस्ट छ प्रसादी एकेडेमी । त्यसैले त विद्यार्थीको सम्भावनालाई पहिल्याएर सोही किसिमको मार्गदर्शन दिँदै आएको छ । पढाईका साथसाथै खेलकुदजस्ता अतिरिक्त गतिविधिलाई पनि यसले प्राथमिकताका साथ अगाडि बढाउँदै आएको छ ।

Logo