विद्यार्थीको निर्विकल्प रोजाई ट्रिनिटी इन्टरनेशनल कलेज

विद्यार्थीको निर्विकल्प रोजाई ट्रिनिटी इन्टरनेशनल कलेज

केन्द्रबिन्दु
84
Shares

एसईई पछि कहाँ पढ्ने ? धेरै विद्यार्थीको निर्विकल्प रोजाई हुन्छ, ट्रिनिटी । काठमाडौंको डिल्लिबजारमा अवस्थित ट्रिनिटी इन्टरनेशनल कलेजसँग आखिर त्यस्तो के आकर्षण छ ? यसको एउटै जवाफ हो, विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम ।

विद्यार्थीले के सिक्न चाहन्छन् ? कसरी सिक्न चाहन्छन् ? त्यो सिकाईले उनमा ज्ञान र व्यवहारको दायरा कति फराकिलो बनाउँछ ? त्यो उनको लागि कति जीवनोपयोगी हुनेछ ? आफूले आर्जन गरेको ज्ञान र दक्षताबाट उसले कसरी आफ्नो भविष्य निर्माण गर्नेछ ? यावत् कुरालाई मध्यनजर गरेर ट्रिनिटीले विद्यार्थीलाई पाठ्यक्रमसँगै विभिन्न गतिविधिमा संलग्न गराउँछ ।

विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्न ट्रिनिटी सधैं प्रतिबद्ध छ ।

पढाईका साथ विद्यार्थीहरुमा क्षमता विकास गर्नुपर्छ भन्ने ध्येयका साथ ट्रिनिटीले एक सय ५० भन्दा बढी अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तसँग सम्बन्धित गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो । वैश्विक मान्यताको यो काेर्स गर्नका लागि थुप्रै विद्यार्थीले ट्रिनिटीलाई रोज्ने गर्छन् । ट्रिनिटीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । त्यसो त यहाँ स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

वैश्विक मान्यताको यो काेर्स गर्नका लागि थुप्रै विद्यार्थीले ट्रिनिटीलाई रोज्ने गर्छन् ।

विद्यार्थीको वौद्धिक क्षमता बढाउन, सामाजिक आचरण पालना गर्न र व्यक्तिगत वृत्तिविकास गराउन कलेजले प्रभावकारी मार्गदर्शन दिँदै आएको छ । त्यसैले त यहाँ पढेका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा राम्रो अवसर पाइरहेका छन् ।

यहाँको पठन पद्धती प्रयोगतात्मकमा आधारित छ, जसले गर्दा पढेका कुरालाई विद्यार्थीले व्यवहारिक जीवनमा उपयोग गर्न सक्छन् । समयअनुकुल सिकाईका तरिकाहरु अपनाउँदै कलेजले प्रोजेक्ट वर्क, स्थलगत भ्रमण, सामाजिक कार्य, खेलकुद जस्ता गतिविधिलाई पढाईमा जोडेका छन् ।

विद्यार्थीको वौद्धिक क्षमता बढाउन, सामाजिक आचरण पालना गर्न र व्यक्तिगत वृत्तिविकास गराउन कलेजले प्रभावकारी मार्गदर्शन दिँदै आएको छ ।

विद्यार्थीको रुची र क्षमता के छ ? उनीहरुले कस्तो क्षेत्रमा करियर बनाउन सक्छन् ? कलेजले सहजीकरण गर्दै आएको छ ।

कलेजसँग पर्याप्त शैक्षिक स्रोत र साधन छन् । विद्यार्थी मैत्री संरचना छन् । विज्ञान प्रयोगशाला, पुस्तकालय, आइसिटी सेन्टर जस्ता आवश्यकीय सुविधा यहाँ उपलब्ध छ । त्यससँगै होस्टल, खेलमैदान, क्याफेटेरियाको पनि सुविधा छ । विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्न ट्रिनिटी सधैं प्रतिबद्ध छ । ट्रिनिटी कलेजले परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाएकाे छ । यसका लागि चुस्त व्यवस्थापन र सिर्जनशिल शिक्षक समूह खटिएका छन् ।

Logo