विद्यार्थीको आयामिक क्षमता विकास गर्दै पिनाकल एकेडेमी [भिडियाे]

विद्यार्थीको आयामिक क्षमता विकास गर्दै पिनाकल एकेडेमी [भिडियाे]

केन्द्रबिन्दु
4.1k
Shares

शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि ।

पिनाकलमा आखिर त्यस्तो के छ ? यसको दुई वटा जवाफ छ– एउटा, फराकिलो शैक्षिक कार्यक्रम । अर्को, परिणाममुखी पठन प्रणाली । यसैले त पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष ।

पिनाकल कलेज हरेक संकायमा हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ ।

गतिशिल व्यवस्थापन, सिर्जनशिल शिक्षक समूह, प्रयोगात्मक सिकाई विधि, पुग्दो शैक्षिक स्रोत पिनाकलको सफलताको कुन्जी हुन् । अढाई दशक लामो शैक्षिक इतिहासमा पिनाकलले थुप्रै ज्ञान र दक्षताले भरिपूर्ण नागरिक उत्पादन गरेका छन् ।

ललितपुरको लगनखेलमा अवस्थित पिनाकलमा विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन गराउँदै हुँदै आएकाे छ । विद्यार्थीको पढाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? पढेका कुरा कसरी जीवनोपयोगी बनाउन सकिन्छ ? सोही अनुरुप पिनाकलले सम्बन्धित विषयमा शैक्षिक गतिविधिहरु गरिरहेका छन् ।

गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरकाे एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।

विज्ञान संकायमा प्रयोगात्मक अभ्यास बाहेक व्यवस्थापन विषयमा विजनेश म्यानेजमेन्ट लिने विद्यार्थीलाई डेभलपमेन्ट ट्रेनिङ, होटल म्यानेजमेन्टका विद्यार्थीका लागि होटल ट्रेनिङ, कम्प्युटर म्यानेजमेन्टमा आईटीसँग सम्बन्धित कोर्षहरु गराइरहेका छन् ।
त्यस्तै, कानूनका विद्यार्थीलाई मुटकोर्ट तालिम र ल फर्ममा अभ्यासको व्यवस्था गरिएको छ । पत्रकारिताका विद्यार्थीका लागि सञ्चार गृहमा इन्टर्नसिपको व्यवस्था गरिएको छ ।

त्यस्तै, सीपमूलक शिक्षा दिने उद्देश्यले सिटिइभिटीको सम्बन्धनमा डिप्लोमा इन फार्मेसीको कोर्स पनि गराइरहेको छ ।

पिनाकल एजुकेशन फाउन्डेसनअन्तर्गत सञ्चालित कलेजसँग सुविधासम्पन्न भौतिक पूर्वाधार छ । खेल, कला, साहित्य, मनोरञ्जनका लागि सम्पूर्ण स्रोत साधन छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, मनोरञ्जन, कला आदि गतिविधिमा प्राथमिकतासाथ सहभागी गराउँदै आएका छन् । त्यही कारण त कलेज स्तरमा हुने खेल वा कुनैपनि गतिविधिमा पिनाकलका विद्यार्थी अब्बल सावित हुँदै आएका छन् ।

पठन विधिलाई समयअनुकुल बनाउँदै लैजाने, कक्षाकोठालाई प्रविधिमैत्री बनाउँदै लैजाने लक्ष्यका साथ पिनाकलले लामो यात्राका लागि आफूलाई सम्पूर्ण रुपले तयार राखेको छ ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, मनोरञ्जन, कला आदि गतिविधिमा प्राथमिकतासाथ सहभागी गराउँदै आएका छन् ।

गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरकाे एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ । अनुशासित शैक्षिक वातावरण भएकाले नै यहाँ अध्ययन गरेका विद्यार्थी अब्बल सावित भएका छन् । त्यसैले त रोजाईमा पिनाकल एकेडेमी पर्दै आएको छ ।

Logo