जीवनोपयोगी शिक्षामा जाेड दिने शिक्षण संस्था, सेन्ट जेभियर्स

जीवनोपयोगी शिक्षामा जाेड दिने शिक्षण संस्था, सेन्ट जेभियर्स

केन्द्रबिन्दु
140
Shares

काठमाडौंको माइतिघरमा अवस्थित सेन्ट जेभियर्स विद्यार्थीलाई गुणस्तरीय जीवनउपयोगी शिक्षा प्रदान गर्नमा एउटा छुट्टै छाप छाड्न सफल छ । नेपालको शैक्षिक इतिहासमा विगत ७ दशक बढी समयदेखि यस शिक्षण संस्था हरतरहबाट ‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्यका साथ अघि बढिरहेको छ ।

सेन्ट जेभियर्स विद्यार्थीलाई गुणस्तरीय जीवनउपयोगी शिक्षा प्रदान गर्नमा एउटा छुट्टै छाप छाड्न सफल छ ।

कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स।

सौहार्दपूर्ण वातावरणमा जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली सेन्ट जेभियर्सको विशेषता नै हो ।

विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ। जहाँ भर्ना हुनु एक विद्यार्थीका लागि सपनासरह नै बन्न पुगेको देखिन्छ । यसरी अब्बल विद्यार्थी छनोट गर्दा सेन्ट जेभियर्सलै शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ ।

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा विशेष ध्यान दिनुले पनि विद्यार्थीलाई सेन्ट जेभियर्समा लोभ्याएको देखिन्छ । हुन पनि हो, सौहार्दपूर्ण वातावरणमा जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली सेन्ट जेभियर्सको विशेषता नै हो । यस संस्थाले अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको छ ।

Logo