शैक्षिक क्षेत्रमा छुट्टै विशिष्ठता हासिल गर्न सफल केएमसी बागबजार

शैक्षिक क्षेत्रमा छुट्टै विशिष्ठता हासिल गर्न सफल केएमसी बागबजार

केन्द्रबिन्दु
154
Shares

विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिन सफल शैक्षिक संस्था हो, काठमाडौं मोडल कलेज केएमसी । काठमाडौंको बागबजारमा अवस्थित केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो ।

आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हरेक खुड्किलामा सहजताको पाइला चाल्नमा मदत गर्दछ ।

दक्ष र अनुभवी प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ ।

विश्वविद्यालयका प्रवेश परीक्षामा केएमसीका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ । शैक्षिक क्षेत्रमा पुर्याएको ठूलो योगदानको कारण केएमसीले वर्षैनी महत्वपूर्ण अवार्ड हात पार्दै आएको छ । गत वर्ष मात्रै केएमसी विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजी कलेजतर्फ उत्कृष्ट घोषित भएको थियो।

अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जामा गणना हुन्छ ।

आधुनिक वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जामा गणना हुन्छ । अन्तरक्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने यस कलेजमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ । साथै २१औं शताब्दीको माग अनुसारको शिक्षा प्रदान गर्दै आएको यस कलेजले अध्ययन अध्यापनलाई थप प्रविधिमैत्री बनाउँदै लगेको छ । यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले रोजाईमा केएमसी पर्ने गरेको छ ।

विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै केएमसीको सफलताका रुपमा लिन सकिन्छ । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

Logo