मेधावी विद्यार्थीले रुचाएको जेभियर इन्टरनेसनल कलेज [भिडियाे]

मेधावी विद्यार्थीले रुचाएको जेभियर इन्टरनेसनल कलेज [भिडियाे]

केन्द्रबिन्दु
238
Shares

शैक्षिक उपलब्धीका हिसाबले गरिमामय स्थान आर्जन गर्न सफल छ, जेभियर इन्टरनेशनल कलेज । काठमाडौंको कालोपुलमा अवस्थित यो यस्तो अग्रणी कलेज हो, जसले अत्याधुनिक कक्षाकोठामा जीवनोपयोगी पठनपाठन गराउँदै आएको छ ।

‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ यस कलेजको मूल ध्येय हो । सोही अनुरुप कलेजले सर्वाङ्गीण विकाससँगै व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाएको छ ।

शैक्षिक उपलब्धीका हिसाबले गरिमामय स्थान आर्जन गर्न सफल छ, जेभियर इन्टरनेशनल कलेज ।

त्यसो त दुई दशक लामो शैक्षिक इतिहास बनाएको छ यो कलेजले । आजको मितिसम्म कलेजले लामो यात्रा मात्र तय गरेको छैन उत्तिकै सुनौला उपलब्धी पनि हासिल गरेको छ । यहाँ पढेका विद्यार्थीहरु वैश्विक स्तरका कतिपय प्रतिस्पर्धामा अब्बल सावित भएका छन् । त्यही कारण त । कलेजले सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ प्राप्त गरेको थियो ।

यी उपलब्धीको पछाडि पक्कै पनि व्यवस्थापकीय समूहको दूरदृष्टि, चुस्त कार्यशैली र उत्तरदायीपूर्ण प्रणालीले काम गरेको छ । त्यसैको जगमा उभिएको परिपक्क र दक्ष शिक्षक समूह, स्रोत सम्पन्न कक्षाकोठा र वैज्ञानिक एवं व्यवहारिक पठन विधि कलेजको कुन्जी हुन् ।

कलेजले आजको वैश्विक रोजगार बजारसँग प्रतिस्पर्धा गर्न योग्य जनशक्ति मात्र तयार गरिरहेको छैन, उत्तिकै जिम्मेवार नागरिक बन्न पनि प्रेरित गरिरहेको छ । साथसाथै आफूले आर्जन गरेको शिक्षालाई कसरी सिप र दक्षतासँग जोड्ने भन्ने कुरा पनि सिकाइरहेको छ । त्यसैले जेभियरमा पढेका विद्यार्थीहरु रोजगारीका लागि मात्र होइन रोजगार सिर्जना गर्न पनि योग्य हुने गरेका छन् ।

जेभियर इन्टरनेसनलले आजको वैश्विक रोजगार बजारसँग प्रतिस्पर्धा गर्न योग्य जनशक्ति मात्र तयार गरिरहेको छैन, उत्तिकै जिम्मेवार नागरिक बन्न पनि प्रेरित गरिरहेको छ ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन हुने कलेजले क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको कोर्स पनि गराइरहेको छ । यस कलेज अन्र्तगत ए लेभल अध्ययन गरेका कतिपय विद्यार्थीले विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् । बीसीए, बीएससी इन्भाइरोमेन्ट साइन्स, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसलगायत स्नातक तहमा बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको जेभियर इन्टरनेसनलले कक्षा ११ र १२ को पढाईलाई उत्तिकै शसक्त ढंगले अगाडि बढाएको छ ।

एसईईमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको ‘प्लस टु’ हो, जेभियर इन्टरनेसनल । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ । शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो ।

शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो ।

कलेजले खेलकुदलगायत अतिरिक्त गतिविधिलाई प्रमुखताका साथ पढाईसँगै जोडेका छन् । पढाई र खेलकुद अलग होइनन्, बरु एकअर्काका परिपूरक हुन् भन्ने कुरालाई यसले उदाहरणको रुपमा पेश गरेका छन् । कलेजले खेलकुद, मनोेरञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक्स, फोटोग्राफी, कलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ।

शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो । अत्याधुनिक भवन, पूर्ण सुरक्षा व्यवस्था, विद्यार्थीका लागि आवश्यक भौतिक सुविधा, स्तरीय क्यान्टिन यहाँको विशेषता हुन् ।
सारमा, विद्यार्थीको वर्तमान र भविष्यप्रति पूर्णत जिम्मेवार एवं उत्तरदायी शैक्षिक संस्थाको रुपमा जेभियर इन्टनेसनल कलेजले अभिभावकत्व निर्वाह गरिरहेका छन् ।

Logo