विद्यार्थीको क्षमता विकासमा अभिभावकत्व निर्वाह गरिरहेको शैक्षिक संस्था, काठमाडौं बर्नहार्ट [भिडियाे]

विद्यार्थीको क्षमता विकासमा अभिभावकत्व निर्वाह गरिरहेको शैक्षिक संस्था, काठमाडौं बर्नहार्ट [भिडियाे]

केन्द्रबिन्दु
350
Shares

विद्यार्थीमैत्री शिक्षण पद्दतीको कारण अविछिन्न उत्कृष्ट नतिजा पस्कदै आएको शैक्षिक संस्था हो, काठमाडौं बर्नहार्ट । २०५७ सालमा काठमाडौंमा स्थापना भएको यो शैक्षिक संस्था परिणाममुखी नतिजा दिने एक अब्बल शैक्षिक संस्थामा दरिएको छ ।

काठमाडौं बर्नहार्ट विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेर क्यूएए मान्यता पाउने पहिलो निजी कलेज हो ।

गुणस्तरिय शिक्षा एवं व्यवहारिक सिकाई यस कलेजको आकर्षण हुन् । यसैले त काठमाडौं बर्नहार्ट देशभरकै उत्कृष्ट कलेजहरुको पंक्तिमा सूचिकृत छ ।

त्रिभुवन विश्वविद्यालबाट मान्यता प्राप्त यस कलेज विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेर क्यूएए मान्यता पाउने पहिलो निजी कलेज हो । ४०औं राष्ट्रिय शिक्षा दिवस २०७६ सालमा शिक्षा मन्त्रालयले यस कलेजलाई उत्कृष्ट निजी महाविद्यालयबाट सम्मान गरेको थियो । यस कलेजमा ३ हजारभन्दा बढि विद्यार्थी पठनपाठन गरिरहेका छन् ।

यहाँ पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पढ्न सकिन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन हुन्छ । सम्पूर्ण विद्यार्थीलाई दक्ष तथा अब्बल बनाउन परीक्षा केन्द्रित अतिरिक्त कक्षा समेत यो शैक्षिक संस्थाले संचालन गर्दै आएको छ ।

मुलुकका लागि उत्तरदायी र विश्व बजारका लागि प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्ने काठमाडौं बर्नहार्टको मूल उदेश्य हो ।

पढाईलाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । यहाँ कुनैपनि पाठयक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास हुन्छ । यसका साथै अतिरिक्त गतिविधिमा पनि विद्यार्थीलाई प्राथमिकताका साथ संलग्न गराइन्छ । सूचना प्रविधि, कला र संस्कृति, खेलकुद जस्ता कुरामा विद्यार्थीहरुलाई स्वतस्फूर्त सहभागी गराउनका लागि वातावरण मिलाइएको छ ।

पढाईलाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ ।

विद्यार्थीको क्षमता एवं सीप विकास गर्दै उनीहरुलाई एक जिम्मेवार र योग्य नागरिकको रुपमा तयार गर्न यो कलेजले दीगो व्यवस्थापन गरेको छ । मुलुकका लागि उत्तरदायी र विश्व बजारका लागि प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्ने यसको मूल उदेश्य हो । यसका लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गर्दै विद्यार्थीको क्षमता विकासमा कलेजले अभिभावकत्व निर्वाह गरिरहेको छ । कलेजमा पठनपाठन, क्षमताका बिकासका अतिरिक्त विद्यार्थीलाई करियर काउन्सिलिङ एवं भविष्यको मार्गनिर्देशन पनि गराइन्छ । समग्रमा यो एउटा उत्कृष्टता हासिल गर्न चाहने विद्यार्थीको गन्तव्य बन्नसक्छ ।

Logo