गुणस्तरिय शिक्षा दिएर दक्ष जनशक्ति तयार पार्ने शिक्षण संस्था, जेभियर एकेडेमी [भिडियाे]

गुणस्तरिय शिक्षा दिएर दक्ष जनशक्ति तयार पार्ने शिक्षण संस्था, जेभियर एकेडेमी [भिडियाे]

केन्द्रबिन्दु
294
Shares

‘गुणस्तरिय शिक्षाले नै गुणस्तरिय जनशक्ति तयार हुन्छ’ यही मान्यतालाई शिरोधार गर्दै जेभिएर एकेडेमीले लामो यात्रा तय गरेको छ । स्थापनाको रजत जयन्ती मनाइसकेको जेभियर एकेडेमीको मूल सर्त हो, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजा ।

यसका लागि कलेजले विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउने गरेको छ ।

स्थापनाको रजत जयन्ती मनाइसकेको जेभियर एकेडेमीको मूल सर्त हो, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजा ।

विद्यार्थीले कसरी सिक्छन् ? सिकेका वा पढेका कुरालाई कसरी अभ्यास गर्छन् ? उनीहरु कति सक्रियताका साथ सहभागी भएका छन् ? नियमित रुपमा पठनपाठन र अभ्यास गरिहेका छन् वा छैनन् ? यावत् कुरामा जेभियरले रचनात्मक ढंगले सरोकार राख्छ । साथै नियमित रुपमा परीक्षा, अन्तर्क्रिया, छलफल आदि गराउँछ । यही कारण जेभियरले उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येयले विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ । खेलकुद प्रतियोगिता, साहित्य लेखन जस्ता गतिविधिबाट विद्यार्थीको रुची पहिल्याउने र क्षमता विकास गर्नेमा सहयोगी भूमिका खेलिरहेको छ । त्यसैले त कलेजस्तरमा हुने कतिपय प्रतियोगितामा यहाँका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् ।

खेलकुद प्रतियोगिता, साहित्य लेखन जस्ता गतिविधिबाट विद्यार्थीको रुची पहिल्याउने र क्षमता विकास गर्नेमा सहयोगी भूमिका खेलिरहेको छ ।

शिक्षा ज्ञान आर्जन, सीप विकासको माध्यम त हो नै त्यसका साथै जीवनलाई बुझ्न र मानविय मूल्यहरुलाई जोगाउने कुन्जी पनि हो । यही मान्यतालाई आत्मसात गर्दै कलेजले विद्यार्थीमा सकारात्मक भाव, मानविय गुण विकास गराउने गतिविधि प्राथमिकतासाथ सञ्चालन गरिरहेको छ ।

जेभियरले कक्षा ११ र १२ मा विज्ञान एवं व्यवस्थापन संकाय अन्र्तगत पठनपाठन गराउँदै आएको छ । गुणस्तरिय शिक्षणका साथ बर्षेनी ९५ प्रतिशत भन्दा बढी नतिजा हासिल गर्दै आएको जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । यसका लागि कलेजले हरेक बर्ष ४० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

शिक्षा नाफामुखी नभइ सेवामुखी हुनुपर्छ भन्ने उद्देश्यसहित सन् १९९७ मा स्थापित जेभियर एकेडेमी लाजिम्पाटमा अवस्थित छ ।

Logo