विद्यार्थीलाई शैक्षिक मात्र हाेइन, नैतिक रुपले पनि जिम्मेवार बनाउने केएमसी बालकुमारी [भिडियाे]

विद्यार्थीलाई शैक्षिक मात्र हाेइन, नैतिक रुपले पनि जिम्मेवार बनाउने केएमसी बालकुमारी [भिडियाे]

केन्द्रबिन्दु
168
Shares

शिक्षामा समर्पित अनुभवी समूहले हाँकेको शैक्षिक संस्था हो, काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) । ललितपुरको बालकुमारीमा अवस्थित यस कलेजले गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको छ । यस अवधिमा हासिल गरेका उपलब्धीले केएमसीलाई थप अगाडि बढ्न र फैलन हौसला मिलेको छ ।

विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयहरुसँग सहकार्य गरेको छ ।

देशभरकै उत्कृष्ट कलेजहरुको सूचीमा केएमसीले पनि आफूलाई सगर्व उभ्याएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयले २०७५ सालमा ‘उत्कृष्ट कलेज’को रुपमा सम्मान गरेको थियो । केएमसी बालकुमारीले हरेक बर्ष सतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।

आजको युग सुहाउँदो पठन शैली अपनाउँदै विद्यार्थीलाई शैक्षिक मात्र नभई नैतिक रुपले पनि उत्तिकै जिम्मेवार बनाउन कलेजले उपयुक्त वातावरण बनाइदिएको छ । पढेका कुरालाई कसरी जीवनमा उपयोग गर्ने ? कसरी समाज र राष्ट्रको हितमा लगाउने ? यही अनुरुप कलेजले मार्गदर्शन दिदै आएको छ । विद्यार्थीमैत्री कक्षाकोठा, प्रेरणदायी शिक्षक समूह, पुग्दो स्रोत साधन यसका खास आकर्षण हुन् ।

आजको युग सुहाउँदो पठन शैली अपनाउँदै विद्यार्थीलाई शैक्षिक मात्र नभई नैतिक रुपले पनि उत्तिकै जिम्मेवार बनाउन कलेजले उपयुक्त वातावरण बनाइदिएको छ ।

केएमसीमा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् ।

यसैगरी स्नातकमा बीबीए, बीबीएम, बीए, बीबीएस, बीसीए, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बीई, बीएससी सीएसआईटी र एमए (अंग्रेजी) र एमबीएसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयहरुसँग सहकार्य गरेको छ । सूचना प्रविधिको यो युगमा केएमसीले नेपालमै पहिलो पटक बेलायतको नेशलन कम्प्युटर सेन्टर (एनसिसी)सँग समन्वय गरेर एसईई दिएका विद्यार्थीका लागि प्रविधिका क्षेत्रमा नविनतम् कोर्श समावेश गरेको छ । यस प्रकारको सहकार्यले विद्यार्थी, अध्यापकको सिकाई तथा अनुभव आदनप्रदान भएर विद्यार्थीको नेतृत्व तथा क्षमता विकासमा मद्दत पुग्दै आएको छ ।

त्यसो त पढाईका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त गतिविधिमा पनि उत्तिकै जोड दिँदै आएको छ । प्रविधि, विज्ञान प्रदर्शनी, कविता प्रतियोगिता, खेलकुद आदिमा विद्यार्थीलाई प्राथमिकतासाथ सहभागी गराउँदै आएको छ ।

Logo