विद्यार्थीकाे सर्वाङ्गीण विकासमा ध्यान दिने, केएमसी बागबजार कलेज [भिडियाे]

विद्यार्थीकाे सर्वाङ्गीण विकासमा ध्यान दिने, केएमसी बागबजार कलेज [भिडियाे]

केन्द्रबिन्दु
140
Shares

दुई दशकभन्दा लामो शैक्षिक इतिहास बनाएको काठमाडौं मोडल स्कुल अर्थात् केएमसीको खास आकर्षण भनेको अभ्यासमा आधारित शिक्षा हो ।

कक्षाकोठामा विद्यार्थीले आफ्नै अनुभव र अनुभूतिबाट प्रभावकारी शिक्षा आर्जन गर्छन् । यसरी आर्जन गरेको शिक्षा दीगो मात्र नभई जीवनोपयोगी पनि हुन्छ । यही कुरालाई मूल मन्त्र मानेर काठमाडाैंकाे बागबजारमा रहेकाे केएमसीले प्रयोगात्मक पढाईलाई अगाडि बढाएको छ ।

नेपालको शैक्षिक क्षेत्रमा केएमसीको आफ्नो छुटै विशिष्ठता छ ।

अभ्यासमा आधारित र प्रविधिमैत्री शिक्षा कै कारण चिकित्सा शिक्षा आयोग, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरु मध्ये केएमसीका विद्यार्थीहरु अग्रस्थानमा आउन सफल छन् । अघिल्लो बर्ष चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३५ जना मध्ये १७ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । त्यस्तैगरी इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/०८१ स्नातक (बी.ई, बी.आर्क) तहको लागि गत १४ कार्तिकदेखि २० गतेसम्म सञ्चालन गरेको प्रवेश परीक्षामा ४९ जनाले नियमिततर्फ (पूर्ण शुल्कीय) नाम निकाल्न सफल भए । यी केही दृष्टान्त हुन्, जसले केएमसी विद्यार्थीका लागि सही गन्तव्य हो भन्ने पुष्टि गर्छ ।

त्यसो त नेपालको शैक्षिक क्षेत्रमै केएमसीको आफ्नो छुटै विशिष्ठता छ । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । यहाँ कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन पठनपाठन हुने गरेको छ ।

विद्यार्थीको रुची र क्षमता पहिचान गरेर उनीहरुलाई कुन क्षेत्रमा अगाडि बढाउन सकिन्छ ? कलेजले मार्गदर्शन दिने गरेको छ । त्यती मात्र नभई उनीहरुको रुची अनुरुप क्षमता विकास गर्नमा जोड दिइने गरेको छ । यसले गर्दा कुनैपनि विद्यार्थी आफ्नो रुची विपरित पढ्नुपर्ने बाध्यतामा हुँदैनन् ।

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

विद्यार्थीलाई नतिजामुखी मात्र नबनाई सर्वाङ्गीण विकास गर्नुपर्छ भन्ने ध्येयका साथ यस शैक्षिक संस्थाले खेल, साहित्य,, कला, मनोरञ्जनमा पनि प्रेरित गर्दै आएको छ । विद्यालयले यी विभिन्न रुची र क्षमता भएका विद्यार्थीलाई सोही अनुरुपको अनुकुल वातावरण व्यवस्था गरिदिएको छ । यसले गर्दा विद्यार्थीहरु विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने र योग्य मात्र हुँदैनन्, आफू स्वयम् कुनै न कुनै क्षेत्रबाट ख्याती आर्जन गर्न सक्षम हुन्छन् ।

वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ । पढाई बाहेकका उनीहरुका रुचि अनुसारको क्षेत्रमा क्षमता विकास गर्न प्रोत्साहित गर्नुको साथै सघाउने गरेको छ ।

विद्यार्थी मैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष एवं अनुभवी शिक्षक/शिक्षिकाका कारण केएमसी विद्यार्थीको रोजाई बन्दै गइरहेको छ ।

अतिरिक्त कार्यक्रम यसका लागि कलेजमा विभिन्न क्लब पनि गठन गरिएको छ । शैक्षिक समूहका प्रनिनिधिहरुले कुन शैक्षिक समूहको विद्यार्थीलाई कस्तो कार्यक्रमको आवश्यकता छ भन्ने पहिचान गर्छन् । अतः त्यही अनुसारको कार्यक्रम डिजाइन गरेर कार्यान्वयनको लागि कलेजको क्लबलाई जिम्मेवारी दिइन्छ । अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थी मैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष एवं अनुभवी शिक्षक/शिक्षिकाका कारण केएमसी विद्यार्थीको रोजाई बन्दै गइरहेको छ ।

Logo