सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिने, भिएस निकेतन [भिडियाे]

सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिने, भिएस निकेतन [भिडियाे]

केन्द्रबिन्दु
140
Shares

४३ बर्ष लामो शैक्षिक यात्रा तय गरिसकेको छ, काठमाडौं मीनभवनमा रहेको भिएस निकेतनले । गरिमामय शैक्षिक इतिहास बोकेको यस शैक्षिक संस्था २०३८ सालमा स्थापना भएको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा ठोस योगदान पुर्याउने लक्ष्यका साथ ‘भिएस निकेतन एजुकेशन फाउन्डेसन’ स्थापना गरेका थिए, दिवंगत डा. बिआर पोखरेलले । उनकै यो विरासत दोस्रो पुस्ताले कुशलतापूर्वक हाँकिरहेका छन् ।

भिएसले शिक्षित जनशक्ति मात्र होइन, समाज र राष्ट्रका लागि योग्य एवं जिम्मेवार नागरिक तयार गर्दै आएको छ ।

नीजि क्षेत्रमा देशकै ठूलो र अग्रणी शैक्षिक संस्था हो यो । यहाँबाट उत्पादित विद्यार्थीहरु अहिले प्रशासन, चिकित्सा, इन्जिनियरिङ, बैंकिङ जस्ता मुलुकका महत्वपूर्ण क्षेत्रमा पदीय जिम्मेवारी निर्वाह गरिरहेका छन् । भिएसले शिक्षित जनशक्ति मात्र होइन, समाज र राष्ट्रका लागि योग्य एवं जिम्मेवार नागरिक तयार गर्दै आएको छ ।

भिएस निकेतनमा प्ले ग्रुपदेखि स्नातकोत्तरसम्मको पठनपाठन हुँदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिँदै आएको यस शैक्षिक संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्छ ।

सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिँदै आएको यस शैक्षिक संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्छ ।

आजको युग सुहाउँदो पाठ्यक्रम, प्रयोगात्मक शिक्षण विधि, स्रोत सम्पन्न कक्षाकोठा, अभ्यासका लागि प्रयोगशाला, पुस्तकालयको सम्पूर्ण व्यवस्था भएको यस शैक्षिक संस्थाले बर्षेनी उत्कृष्ट नतिजा दिदै आएको छ । विज्ञान प्रदर्शनी, कला साहित्य मेला, खेलकुद प्रतियोगिता जस्ता गतिविधि नियमित रुपमा सञ्चालन गर्दै भिएस निकेतनले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउँदै आएको छ ।

अत्याधुनिक भौतिक संरचना, गुणस्तरिय शिक्षा, अनुभवी शिक्षक यसका थप आकर्षण हुन् ।

विश्व बजारमा हरेक चुनौतीको सामना गर्न सक्ने नैतिकवान नागरिक बनाउने उदेश्यसहित भिएस शिक्षण क्षेत्रमा अनवरत रुपमा रहेको छ । गुणस्तरिय शिक्षा दिन प्रतिबद्ध र अब्बल परिणामका साथ पठनपाठन हुँदै आएको भिएस निकेतन उच्च शिक्षा अध्ययनका लागि उपयुक्त गन्तव्य हो ।

Logo