मुलुककै उत्कृष्ट साइन्स कलेज, सिसिआरसीः ‘मेधावी विद्यार्थीको पहिलो रोजाई’

मुलुककै उत्कृष्ट साइन्स कलेज, सिसिआरसीः ‘मेधावी विद्यार्थीको पहिलो रोजाई’

केन्द्रबिन्दु
84
Shares

ज्ञान र सीपले दक्षता हासिल हुन्छ । दक्षता त्यहीबेला बढी उपयोगी हुन्छ, जब यसलाई सकारात्मक ढंगले प्रयोग गरिन्छ । यसर्थ शिक्षाका साथसाथै सकारात्मक दृष्टिकोण वा भाव उत्तिकै जरुरी हुन्छ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)को आफ्नोपन र नयाँपन यही हो । यसले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन, उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक बन्न पनि प्रेरित गर्छ ।

स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ ।

सिसिआरसी आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ । यो कलेज काठमाडौंको कोटेश्वरमा अवस्थित छ । सन् २००१ देखि सञ्चालनमा छ । कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायअन्तर्गत पठनपाठन हुन्छ ।

स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ । पढेको कुरा कसरी जीवनोपयोगी हुन्छ ? कक्षाकोठाको सिकाई विधिले यसैको जवाफ खोज्छ । पढेको कुरा ज्ञानमा मात्र सीमित हुनुहुन्न, त्यो व्यवहारिक जीवनको हिस्सा बन्नुपर्छ भन्ने मान्यताका साथ कलेजले पठन पद्दतीलाई प्रयोगात्मक बनाउँदै आएको छ । यसका लागि कलेजसँग दक्ष, परिपक्क र अनुभवी शिक्षक समूह छ । अभ्यास एवं प्रयोगका लागि पर्याप्त शैक्षिक स्रोत र साधन छ । र, यी सबैलाई चुस्त ढंगले परिचालन गर्न दर्बिलो व्यवस्थापकीय समूह छ ।

सिसिआरसी आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ ।

कलेजमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब जस्ता सुविधाहरु छन्, जसले व्यवहारिक सिकाईलाई प्रभावकारी बनाउँछ । यसका साथै कक्षाकोठा विद्यार्थीमैत्री छ । अत्याधुनिक भौतिक संरचना भएको कलेजमा आवसिय विद्यार्थीका लागि होस्टलको व्यवस्था छ ।

विद्यार्थीलाई पढाईसँगै अतिरिक्त गतिविधिमा पनि जोड दिँदै आएको कलेजसँग आफ्नै खेल मैदानको सुविधा छ ।

कलेजले हासिल गरेको नतिजाले भन्छ, कुनै पनि क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा कलेजले ठोस भूमिका खेलिरहेको छ । यहाँ अध्ययनरत विद्यार्थीहरुले एमबिबिएस, ईन्जिनियरिङलगायत विषयको प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाएका छन् । साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन् ।

प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन् ।

एसईई बोर्ड परीक्षामा समेत उच्चतम ४ जिपिए ल्याउने विद्यार्थी अध्ययनरत सिसिआरसी कलेजका विद्यार्थीले २०७६ सालको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३.९३ जिपिएसम्म प्राप्त गरेका छन् । प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन् ।

Logo