जीवनोपयोगी शिक्षामा सदैव प्रतिबद्ध अग्रणी सेन्ट लरेन्स कलेज, चावहिल [भिडियाे]

जीवनोपयोगी शिक्षामा सदैव प्रतिबद्ध अग्रणी सेन्ट लरेन्स कलेज, चावहिल [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

पुरातन ढर्राको शैक्षिक प्रणालीभन्दा पृथक, वैज्ञानिक, प्रविधियुक्त र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उदेश्यसहित स्थापना भएको थियो, सेन्ट लरेन्स कलेज । काठमाडौंको चावहिलमा अवस्थित कलेजले अहिले दुई दशक लामो यात्रा तय गरिसकेको छ । यस अवधिमा कलेजले त्यस्ता उपलब्धी हासिल गरेको छ, जुन आफैमा गौरव गर्न लायक छन् ।

सेन्ट लरेन्सले दुई दशक लामो यात्रामा त्यस्ता उपलब्धी हासिल गरेको छ, जुन आफैमा गौरव गर्न लायक छन् ।

शिक्षामा समर्पित र उत्तरदायी व्यवस्थापन एवं निरन्तर सक्रिय र सिर्जनशिल शिक्षकले यस कलेजलाई हाँकेका छन् । यहाँ विद्यालय तहदेखि स्नातकोत्तरसम्मको कार्यक्रम सञ्चालनमा छ । विद्यार्थीमैत्री वातावरणमा पढाई हुने सेन्ट लरेन्समा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पठनपाठन हुन्छ । यस कलेजले स्थापनाकालदेखि नै निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । गुणस्तरिय शिक्षालाई प्रभमावकारी ढंगले अगाडि बढाउँदै आएको कलेजले जीवनोपयोगी दक्षता पनि प्रदान गरिरहेको छ । यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

कलेजमा निरन्तरजसो सेमिनार, वर्कसप हुँदै आएको छ । यस्तै स्थलगत भ्रमण, सामाजिक कार्य, खेलकुद आदिमा विद्यार्थीलाई अर्थपूर्ण सहभागी गराउँदै आएको छ । यसका लागि कलेजले विज्ञान एवं सूचना प्रविधि क्लव, संस्कृति क्लव, खेलकुद क्लव स्थापना गरेको छ । यी विविध क्लबमा रहेर विद्यार्थीहरुले आफ्नो रुचीको गतिविधि गर्न पाउँछन् ।

गुणस्तरिय शिक्षालाई प्रभमावकारी ढंगले अगाडि बढाउँदै आएको कलेजले जीवनोपयोगी दक्षता पनि प्रदान गरिरहेको छ ।

पाठ्यक्रमसँगै विद्यार्थीलाई विभिन्न माध्यामबाट दक्ष एवं सक्षम बनाउनुपर्छ भन्ने मान्यता राखेको कलेजले शिक्षाको आयमिक परिभाषालाई समेट्दै ज्ञान, सीपले दक्ष नागरिक तयार गर्दै आएको छ । उच्चस्तरको भौतिक पूर्वाधार, स्रोत सम्पन्न पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशाला कलेजसँग छ । त्यसका साथसाथै यातायात, चमेनाघरको सुविधा छ । कलेजले जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।

Logo