कोसी प्रदेशकै अब्बल शैक्षिक संस्था अरनिको मावि, विराटनगर

कोसी प्रदेशकै अब्बल शैक्षिक संस्था अरनिको मावि, विराटनगर

केन्द्रबिन्दु
350
Shares

कोशी प्रदेशकै गरिमा हो, अरनिको आवासीय माध्यमिक विद्यालय । विराटनगरमा अवस्थित यस शैक्षिक संस्थाले गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर कहलिएको छ । विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ ।

अरनिकोले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् ।

लामो शैक्षिक इतिहास बनाएको अरनिको आवासीय माध्यामिक विद्यालय वि.सं. २०३३ सालमा स्थापना भएको हो । त्यसयता अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ ।

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गौरव उभ्याएको छ । २०५६ सालदेखि यस शैक्षिक संस्थाले कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ ।

विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ ।

यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो । यही पृष्टभूमीका कारण विद्यालयले निरन्तर सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारसमेत प्राप्त गरिरहेको छ ।

यहाँ पढेका विद्यार्थीले विभिन्न ठाउँमा लोभलाग्दो अवसर हासिल गरिरहेका छन् । थप अध्ययनका लागि होस् वा रोजगारीका, उनीहरु योग्य सावित भएका छन् । विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पनि यहाँका विद्यार्थीले पूर्ण छात्रावृत्तिमा पठनपाठन गर्ने अवसर पाइरहेका छन् । त्यसैगरी एमबिबिएस र प्यारामेडिकल (बिपिएचच, बि फार्मा, बि अप्टोमेट्री, बिएससी एमएलटी)मा उनीहरुले पूर्ण छात्रावृत्ति पाउँदै आएका छन् । जेहेन्दार विद्यार्थीको पहिलो रोजाई हो, अरनिको आवासीय विद्यालय । फोकस नेपालले अरिनको आवासीय माध्यामिक विद्यालयलाई नेपालकै उत्कृष्ट कलेजको रुपमा सम्मान गरेको छ ।

जेहेन्दार विद्यार्थीको पहिलो रोजाई हो, अरनिको आवासीय विद्यालय ।

आफ्नै सुविधासम्पन्न भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय अरनिकोका विशेषता हुन् ।

Logo