‘सुँगा रटाई’भन्दा रचनात्मक शिक्षामा जाेड दिने मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

‘सुँगा रटाई’भन्दा रचनात्मक शिक्षामा जाेड दिने मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

केन्द्रबिन्दु
9.4k
Shares

मदरल्यान्ड सेकेन्डरी स्कुल नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल शैक्षिक संस्था हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र राखेर यस स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

प्लस टुमा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुल पोखराको एउटा उत्कृष्ट शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाभित्र पर्छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी यस स्कुलले प्रभावकारी शिक्षा प्रवाह गर्नमा दृढ रहेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा फोकस रहेको मदरल्यान्डमा पोखरा लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

मदरल्यान्ड पढेका विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनका निमित्त यो संस्था निरन्तर लागि रहेको छ । विद्यार्थीको सर्वाङ्गीण विकास अहिलेको आवश्यकता ठानेको मदरल्यान्डले विद्यार्थीलाई पढाइमा मात्र होइन, अतिरिक्त गतिविधिमा पनि उत्तिकै महत्व दिँदै आएको छ ।

सोही अनुरूप उनीहरूलाई अनुकूल वातावरण मिलाइ मदरल्यान्डले खेलकुदका कार्यक्रमहरू पनि आयोजना गरिहरेको हुन्छ । सुविधा सम्पन्न आफ्नै भव्य भौतिक संरचनाभित्र डिजिटल कक्षा कोठा साथमा इनोभेसन ल्याब, उत्कृष्ट पुस्तकालयसमेत मदरल्यान्डमा उपलब्ध रहेको छ ।

मदरल्यान्ड सेकेन्डरी स्कुलले विद्यार्थीहरूको सहजताको लागि छात्रावास तथा यातायात सेवाको प्रावधान मिलाएको छ । यस स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूले परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल हुँदै आएका छन् । जुन नतिजा अघिल्ला वर्ष विद्यार्थीले परीक्षामा ल्याएको परिणामले देखाउँछ ।

विश्वमा प्रविधिले र शिक्षाले मारेको फड्कोलाई आत्मसात् गर्दै सोही अनुरूपको शिक्षा विद्यार्थीलाई दिनमा मदरल्यान्ड सेकेन्डरी स्कुल प्रयत्न गरिरहेको छ ।

वि.सं. २०५१ सालबाट सञ्चालनमा आएको मदरल्यान्डले शैक्षिक यात्राको लामो अनुभव बटुलेर कुशल व्यवस्थापन अवलम्बन गर्दै अगाडि बढी रहेको छ । शिक्षाको पहुँच सबैमा हुनपर्छ, शिक्षाबाट कोही वञ्चित हुनहुँदैन भन्ने मान्यता राख्दै आएको यो स्कुलले जेहेनदार तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने र आर्थिक अवस्था कमजोर हुने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था मिलाउँदै आएको छ ।

विश्वमा प्रविधिले र शिक्षाले मारेको फड्कोलाई आत्मसात् गर्दै सोही अनुरूपको शिक्षा विद्यार्थीलाई दिनमा मदरल्यान्ड सेकेन्डरी स्कुल प्रयत्न गरिरहेको छ । पढाइ जति प्रयोगात्मक र व्यावहारिक भयो उति नै विद्यार्थीले भविष्यमा सफलता पाउन सक्छ भन्ने ठम्याइका साथ मदरल्यान्डले रचनात्मक विषयलाई उतिकै प्राथमिकता दिएको छ ।

समय सान्दर्भिक र गुणस्तर शिक्षाका लागि मदरल्यान्ड सेकेन्डरी स्कुल विद्यार्थीहरूको सारथि बन्दै गएको छ ।

यति मात्रै हैन, प्लस टु सहित मदरल्यान्ड सेकेन्डरी स्कुलमा कक्षा १० सम्मको अध्यापन हुँदै आएको छ । मदरल्यान्डमा कक्षा १२ सम्मको अध्ययन गर्न पाइने भएकाले यस विद्यालयमा विद्यार्थीको चाप अत्यधिक हुने गर्छ । समय सान्दर्भिक र गुणस्तर शिक्षाका लागि मदरल्यान्ड सेकेन्डरी स्कुल विद्यार्थीहरूको सारथि बन्दै गएको छ ।

Logo