विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिल [भिडियाे]

विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिल [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

रिलायन्स इन्टरनेशनल एकेडेमी किन पढ्ने ? यसको तीन कारण छन् । पहिलो, लामो एवं दिगो शैक्षिक संस्था । दोस्रो, उत्कृष्ट नतिजा । तेस्रो, आयामिक शैक्षिक कार्यक्रम । रिलायन्स ३१ बर्षअघि स्थापना भएको हो । यस कलेजलाई शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले ‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मान गरेको छ । यहाँ विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा रिलायन्सले जोड दिँदै आएको छ, रिलायन्स इन्टरनेसनल एकेडेमी ।

गुणस्तरिय शिक्षा यसको पहिलो सर्त हो । त्यससँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा रिलायन्सले जोड दिँदै आएको छ । पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ ।

विद्यार्थीलाई कसरी पढाउँदा सहज हुन्छ ? कसरी उनीहरुले कुनैपनि कुरालाई ग्रहण गर्छन् ? पढेका कुरालाई आफ्नो आचरण एवं व्यवहारमा कसरी ढाल्छन् ? यही कुरालाई मध्यनजर गर्दै पठन पद्धतीलाई सरल अनि प्रयोगात्मक बनाउने प्रयास गरिएको छ ।

यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ । अहिले विश्व नै सूचना प्रविधिमा गोलबद्ध हुँदै गएको छ । यही कुरालाई मध्यनजर गर्दै कलेजले आइटी अर्थात इन्फर्मेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले रिलायन्स सुशोभित छ । कलेजले प्रयोगात्मक शिक्षाका लागि प्रविधिको अधिकतम् उपयोग गर्दै आएको छ ।

विद्यार्थीमैत्री वातावरणमा समयसापेक्ष ढंगले अध्यापन हुने शैक्षिक संस्था भएकाले समेत उच्च शिक्षा अध्ययनका लागि रिलायन्स एकेडेमी उत्कृष्ट गन्तव्य भएको विद्यार्थीको भनाई छ ।

पढाईका साथसाथै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती, सामूहिकताको भावना हुनुपर्छ भन्ने मान्यता राख्दै कलेजले विद्यार्थीलाई विविध गतिविधिमा सहभागी गराउँदै आएको छ ।

विद्यार्थीमैत्री वातावरणमा समयसापेक्ष ढंगले अध्यापन हुने शैक्षिक संस्था भएकाले समेत उच्च शिक्षा अध्ययनका लागि रिलायन्स एकेडेमी उत्कृष्ट गन्तव्य भएको विद्यार्थीको भनाई छ । कलेजसँग अत्याधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न पुस्तकालय, प्रयोगशालाका साथमा यातायात, क्यान्टिन, होस्टल लगायतको सुविधा पनि उपलब्ध छ ।

Logo