नविनतम् प्रविधि अपनाउँदै उत्कृष्ट नतिजा हासिल गर्न सफल लिभरपुल कलेज [भिडियाे]

नविनतम् प्रविधि अपनाउँदै उत्कृष्ट नतिजा हासिल गर्न सफल लिभरपुल कलेज [भिडियाे]

केन्द्रबिन्दु
1.3k
Shares

पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई, उत्कृष्ट नतिजा । नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेजको आफ्नोपन हो ।

आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले यस कलेजलाई थप सुशोभित बनाएको छ । त्यसैले त गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि लिभरपुल विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले लिभरपुल कलेजलाई थप सुशोभित बनाएको छ ।

लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । वि.सं. २०६८ मा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेज सञ्चालमा छ । यहाँ कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय यसका अन्य आकर्षण हुन् ।

विद्यार्थीको रुची, क्षमतालाई पहिचान गरी सोही अनुरुप शिक्षा प्रदान गर्ने कलेजले पढाईलाई जीवन र जगतसँग जोड्ने प्रयास गरेको छ । आफूले आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमै उपयोग गर्न सकियोस् भनी शैक्षिक कार्यक्रमहरु तय गरेको छ । यसका लागि विभिन्न सीप विकासमा विद्यार्थीलाई सहभागी गराउनेदेखि अतिरिक्त गतिविधिमा प्रेरित गरिरहेको छ । कुनैपनि कुरालाई विद्यार्थी स्वयंले अनुसन्धानमा आधारित रहेर खोज–अध्ययन गर्नका लागि यस कलेजले उपयुक्त वातावरण मिलाइदिएको छ ।

यसका साथसाथै फुटबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन जस्ता खेलकुदमा विद्यार्थीलाई सहभागी गराइन्छ । यसले उनीहरुलाई शारीरिक तन्दुरुस्त रहन मात्र नभई तिब्र निर्णय क्षमता, सामूहिक कार्यकौशलता, नेतृत्व क्षमता अदि गुणको विकास हुने कलेजको मान्यता छ ।

लिभरपूल इन्टरनेशनल सेकेन्डरी स्कुल कक्षा ११ मा सर्वाधिक छात्रवृत्ति दिने कलेजभित्र पनि पर्छ ।

त्यसो त यसको अर्को आकर्षण भनेको सर्वाधिक छात्रवृत्ति पनि हो । लिभरपूल इन्टरनेशनल सेकेन्डरी स्कुल कक्षा ११ मा सर्वाधिक छात्रवृत्ति दिने कलेजभित्र पनि पर्छ । सबैका लागि शिक्षा भन्ने मान्यता राखेको यस स्कुलले नेपाल सरकारले तोकेको कोटाबाहेकका पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी शिक्षाबाट वञ्चित नहुन् भनेर यस स्कुलले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिका साथ साथै आवासको पनि व्यवस्था मिलाएको छ ।

लिभरपूल इन्टरनेशनल कलेजबाट स्नातक तहसम्मको पढाइ हुँदै आएको छ । स्नातक तहमा बीएसडब्लू, बीबीएम, बीबीएस, बीसीए कार्यक्रम रहेको यस कलेज आगामी दिनमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना पनि राखेको छ ।

Logo